|

बजेट भाषण स्थगित, मधेसी दलका मागमा तीन दलबीच छलफल हुने

माधव ढुङ्गेल, काठमाडौं, असार ३० – संसद भोलिसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री, अर्थमन्त्रीसँग मधेसवादी दलका नेताहरुबीच भएको छलफलपछि वैठक स्थगित भएको हो। तीन दल माओवादी, कङ्ग्रेस र एमालेले मधेसवादीको मागका बारेमा छलफल गर्ने निर्णय गरेका छन्। भोलि १ बजेसम्मका लागि बैठक स्थगित भएको हो यसअघि मधेसी दलबीच हुने भनेको वार्ता बसिनसक्दै स्थगित भएको छ। अर्थ मन्त्री भरतमोहन अधिकारीले मधेसी दलका नेतालाई वार्ताका लागि बोलाएपनि पाँचवटै मधेसी दलका नेताले वार्ताको वातावरण नबनाएको भन्दै छलफल बहिस्कार गरे। 'हामीले वार्गेनिङ गरेको होइन,' वार्तामा सहभागी फोरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादवले भने, 'अब कुनै वार्ता हुँदैन। हामी बजेट ल्याउन दिन्नौं।' उनले सरकार मधेसी जनताप्रति जिम्म्बार नभएको आरोप लगाए। 'यो सबै जनताको सरकार बनोस, केहीकोमात्र होइन,' उनले भने। अर्थमन्त्री अधिकारीले बोलाएको बैठकमा मधेसवादी दलका नेताहरु विजय गच्छेदार, राजेन्द्र महतो, हृदयश त्रिपाठी, जयप्रकाश गुप्ता, जितेन्द्र सोनार लगायतका नेताहरु सहभागी थिए। बैठक विषयमा प्रवेश नगर्दै अवरुद्ध भएको हो।

Source:Nagariknews

Posted by Butwalonline on 4:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बजेट भाषण स्थगित, मधेसी दलका मागमा तीन दलबीच छलफल हुने"

Leave a reply