सौन्दर्य वृद्धिका लागि उपचार


टच ब्युटी, पुरानो बानेश्वर
विगत ५ वर्षदेखि एक्लुसिभ लेजर सेवा प्रदान गर्दै आएको टच ब्युटी छालासम्बन्धी कुनै पनि खालको

लेजर टि्रटमेन्ट गर्दा लाइटको माध्यबाट इन्फेक्टेड क्षेत्रमा गरिन्छ । यो उपचारमा उमेरको कुनै सीमा हुँदैन । सामान्य चेकअपपछि गरिने लेजर टि्रटमेन्ट प्लास्टिक सर्जरीको राम्रो विकल्पका रूपमा भित्रिएको बताउँछन् टच ब्युटीका अध्यक्ष सञ्जय शर्मा । शर्माका अनुसार लेजर टि्रटमेन्टपछि हामी सजिलै काममा जान सक्छौं । थोरै समयमा सम्पन्न हुने हुँदा यो उपचारको मजा खाजा खाने समयमा पनि लिन सकिन्छ । यसका लागि इन्फेक्टेड एरिया हेरेर ५ देखि बढीमा ४५ मिनेटको समय लाग्छ । उपचारपछि आफूमा आएको नयाँ परिवर्तन तत्काल अनुभव गर्न सकिन्छ । यो उपचारपछि छालामा एक किसिमको चमक आउनुका साथै छाला सफा पनि हुन्छ ।
सर्वसुलभ मूल्यमा सजिलै गर्न सकिने लेजर टि्रटमेन्टलाई लन्च टाइम टि्रटमेन्ट पनि भनिन्छ । यो कुनै पनि खालको साइड इफेक्टरहित छ । टि्रटमेन्टपछि टि्रटमेन्टपछि छालामा हल्का सोयलिङ तथा रातो देखा पर्छ जुन पछि आफैं हराएर जान्छ । सञ्जयका अनुसार लेजरले शतप्रतिशत ठीक गर्दैन तर यसले छालालाई पहिलेको भन्दा राम्रो बनाउँछ ।
उपचारअघि यहाँ विशेषज्ञको सल्लाह तथा सुझावसमेत दिइन्छ । सामान्य रूपमा लेजर टि्रटमेन्ट गरेपछि घामको प्रकाशबाट बचाउनुपर्ने सञ्जय बताउँछन् । यसको उपचारपछि तुरुन्त काममा जान सकिन्छ ।
केयर एण्ड क्योर पोलिक्लिनिक
कालिमाटी
बोटोक्स फेसियल एक्सप्रेसन लाइन हटाउनका लागि इन्जेक्सनबाट गरिने उपचार हो । चाउरीपन बढ्दो उमेर, हेरिडिटी, घामको असर तथा छाला तन्किने कारणले हुन्छ । यसले उमेरभन्दा पहिले बूढो

के.यर एण्ड क्योर पोलिक्लिनिक बहु विशेषतायुक्त क्लिनिक हो । दुई वर्षअघि कालिमाटीमा स्थापित यो क्लिनिकले बिरामीलाई विभिन्न खालका सुविधा उपलब्ध गराउँदै आएको छ । यहाँ हरेक उमेरका बिरामीको उचित सेवा एवं हेरचाह गरिन्छ । यहाँ कुनै पनि खालको चायाँ, पोतो, डन्डिफोर, मिजल्स तथा चाउरीपनको उपचार पनि गरिन्छ । त्यसैगरी कस्मेटिक सर्जरीका रूपमा अपर आई लिड सर्जरी, आँखा झोल्लिएको मिलाउने, दाग हटाउने, कान च्यातिएको जोड्ने, ब्रेस्ट इम्पिलिमेन्टेसनजस्ता थुप्रै सुविधा एउटै थलोबाट लिन सकिन्छ ।
यहाँको विशेष सेवाअन्तर्गतको बोटोक्सले उमेरभन्दा पहिले आउने चाउरीपन तथा अनुहारमा मांसपेशीको क्रियाशीलतामा निस्किने लाइनबाट मुक्ति दिन्छ । बोटोक्स फेसियल एक्सप्रेसन लाइन हटाउनका लागि इन्जेक्सनबाट गरिने उपचार हो । चाउरीपन बढ्दो उमेर, हेरिडिटी, घामको असर तथा छाला तन्किने कारणले हुन्छ । यसले उमेरभन्दा पहिले बूढो भएको अनुभव गराउँछ । यस्तो समस्याले जोकोहीलाई सताउँछ । केयर एण्ड क्योर पोलिक्लिनिकका विशेषज्ञको सहायताबाट चाउरी तथा अनुहारमा आएको लाइनलाई इन्जेक्सन दिई ठीक गरिन्छ । यो महिला तथा पुरुष दुवैका लागि उपयोगी हुन्छ । त्यसैले सुन्दर तथा युवा देखिने यो राम्रो उपाय हो ।
फेस लिफ्टिङको सुविधा भएकाले यहाँ उमेरका कारण देखा पर्ने चाउरीपन, उमेरअनुसार छाला झोल्लिने समस्याका साथै दुईवटा चिउँडो पनि मिलाइन्छ । लेजर टि्रटमेन्टमा हेयर रिमुभरदेखि छालासम्बन्धी विभिन्न रोगको उपचार गरिन्छ ।
त्यसैगरी यहाँ फिलरको माध्यमबाट ओठ मिलाउनुका साथै हाँस्दा तथा बोल्दा अनुहारमा बस्ने लाइनसमेत हटाउन सकिन्छ । यसले अनुहारको लाइन कोमल बनाउन सहयोग गर्छ । यसका साथै यहाँ नमिलेको तथा बसेको नाक उठाउनुका साथै गालाको हड्डी उठाउन सकिन्छ । यसका अतिरिक्त यहाँ ग्लाइकोलिन पिल र माइक्रोडर्मव्यासम सेवा पनि उपलब्ध हुन्छ । ग्लाइकोलिन पिललाई प्रु|mट एसिड अथवा भिटामिन सी पिल भनिन्छ । यसले मृत छालालाई पुनर्जीवन दिन्छ । यसले छालालाई सुन्दर बनाउनुका साथै त्यसमा एक किसिमको ऊर्जा भर्छ । माइक्रोडर्मव्यासम सबै खालको छालाका लागि उपयुक्त छ । यसले बढ्दो उमेरसँगै देखा पर्ने डन्डिफोर, एक्ने जस्ता समस्या हल गर्छ । यसले डर्मियल लेयरको सुधारमा सहयोग गर्छ । यो कस्मेटिक सर्जरीभन्दा उपयुक्त हुन्छ ।
पार्कवे हेल्थ
उपचारका लागि पार्कवे हेल्थ सेन्टर जान चाहनेहरूका लागि यहाँबाट सम्पूर्ण प्रबन्ध मिलाइन्छ । यहाँ किड्नी ट्रासप्लान्ट, प्लास्टिक सर्जरी, डाइगनोटिक सर्जरी, डरम्याटोलोजी आदि सुविधा उपलब्ध छन् । यहाँ स्वास्थ्यसम्बन्धी विभिन्न खालका उपचार सेवा प्रदान गरिन्छ । यहाँ लेटेस्ट टेक्नोलोजीबाट विशेषज्ञको सहयोगमा सुलभ मूल्यमा उत्कृष्ट सेवा लिन सकिन्छ ।

यहाँ विभिन्न क्षेत्रमा दख्खल भएका अनुभवी मेडिकल पर्सनबाट विभिन्न खालका सेवा प्रदान गरिन्छ । अमेरिका, बेलायतजस्ता देशमा पाइने सेवा कम मूल्यमै उत्कृष्ट तरिकाबाट लिन सकिन्छ । यसले आफ्ना बिरामीका लागि गामानाइफ, किडनी ट्रान्सप्लान्ट, कार्डियोलोजी, डेन्टल, न्युरोलोजी, न्युरोसर्जरी, अर्थाेपेडिक सर्जरी, रिहाबिलिटेसन मेडिसिन, रेनल मेडिसिन आदि सुविधा उपलब्ध गराएको छ । त्यसैगरी बिरामीको सुविधाका लागि सिंगापुरबाट डाक्टर आएर विभिन्न खालका सुझावसमेत दिने गरेको बताउँछन्-पार्कवे हेल्थका असिस्टेन्ट म्यानेजर नीरज रिमाल ।
लेजर चिकित्सा
अहिलेको जमाना मेकओवरको हो । यसमा लेजर चिकित्साले पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ । छाला स्वस्थ राख्न होस् वा अनावश्यक रौं हटाउन, लेजर चिकित्साको सहयोग लिनुपर्छ । त्यसैगरी डन्डिफोर तथा अरू घाउको दाग हटाउनुपरे लेजरको सहयोग लिन सकिन्छ । चाउरी परेको छाला तन्काउन पनि यसले सहयोग पुर्याउँछ ।

यो चिकित्सा क्लिनिक वा मेडिकल सेन्टरमा गरिन्छ । यस्तो चिकित्सामा अनुभवी तथा प्रशिक्षित व्यक्ति नै सम्लग्न हुनुपर्छ । लेजर चिकित्सा गर्नुअघि यस विषयमा कुनै शंका उत्पन्न भए चिकित्सक वा सेन्टरको इन्चार्जसँगै खुलेर कुरा गर्नुपर्छ ।
लेजर चिकित्साको अनुभव
लेजर चिकित्सा सजिलो मात्र होइन पीडारहित पनि हुन्छ । यो छोटो समयमै सम्पन्न हुन्छ । यसले उपचार अवधिभरि छालालाईर् तन्काएजस्तो अनुभव गराउँछ ।
कति सुरक्षित छ ?
लेजर चिकित्सामा कहिलेकाहीँ छालामा रातो डाम देखिन्छ । यस्तो डाम देखिएको खण्डमा चिकित्सकले लेजर मेसिनमा कुनै खराबी आएको अनुभव गर्छन् । कुनै लेजर मेसिन अटोमेटिक हुन्छ । उपचारको समयमा तातो भए यो मेसिन आफै बन्द हुन्छ । कहिलेकाहीँ यसले कुल स्प्रे पनि गर्छ जसले गर्दा छाला बिग्रन पाउँदैन ।
मूल्य
लेजर चिकित्साद्वारा फरक-फरक किसिमले उपचार गरिन्छ । त्यसैले यसको मूल्य पनि फरक-फरक हुनु स्वाभाविक हो । कस्तो उपचार गर्न चाहने हो तथा आफ्नो समस्या कस्तो छ त्यसैअनुरूप शुल्क लिइन्छ । यो चिकित्सामा एकपटकमा ४ हजारदेखि १ लाख रुपैंयाँसम्म खर्च लाग्नसक्छ ।
ध्यान दिनुपर्ने कुरा
लेजर चिकित्सा गर्नुअघि केही कुरामा ध्यान पुर्याउनुपर्छ । लेजर चिकित्सा गर्ने व्यक्ति अनुभवी छ-छैन ध्यान दिनुपर्छ । चिकित्सकले आफ्नो उपचार गर्नुअघि कम्तीमा १२ जनाको लेजर चिकित्सा गरिसकेको हुनुपर्छ । क्लिनिकमा सबै किसिमको सुविधा छ-छैन ध्यान दिनुपर्छ ।
जसले लेजर चिकित्सा गर्ने निर्णय गरेको छ, उसको मनमा अनेकौं प्रश्न उत्पन्न हुन्छन् । मेडिकल सेन्टरका स्टाफहरूसँग मनमा उत्पन्न सबै प्रश्नको उत्तर लिएर सन्तुष्ट हुनुपर्छ । यसो गर्नाले नचाहिँदो तनाव भोग्नुपर्दैन । आफूले चित्तबुझ्दो उत्तर नपाए वा मन मिल्ने वातावरण नभए अरू कुनै मेडिकल सेन्टरमा पनि उपचार गराउन सकिन्छ ।
लेजर चिकित्साअघिको जाँच
कतिपय व्यक्तिको छाला निकै संवेदनशील हुन्छ । यस्ता व्यक्तिले यसप्रकारको उपचार गर्नुअघि आफ्नो जाँच गराउनुपर्छ जसले गर्दा लेजर उपचारपछि नकारात्मक प्रतिक्रिया नआओस् ।
सौन्दर्य विशेषज्ञलाईर् सबै कुराको जानकारी दिनुपर्छ । पहिले कुनै किसिमको लेजर चिकित्सा गराएको भए त्यसको जानकारी पनि दिनुपर्छ ।
अिरुणा भट्टराई
व्यक्तित्वको ऐना हो अनुहार
बोटोक्सबाट चाउरीमा कमी
चाउरी बढ्दो उमेरमा हुने स्वाभाविक समस्या हो । बोटोक्स पद्धतिद्वारा अनुहार स्वस्थ र जवान

िितल र मस्साले अनुहारको सुन्दरतालाईर् धेरै हदसम्म प्रभावित गर्छ । यसले मेकअपमा समेत बाधा उत्पन्न गर्छ । नवीनतम रेडियो सर्जरीबाट यसलाईर् सधैंका लागि हटाउन सकिन्छ । यो प्रविधिमा रेडियो तरंगद्वारा मस्सालाईर् जलाईन्छ । यसो गर्दा थोरै पीडा हुन सक्छ । यसलाईर् कम गर्न क्रायो प्रविधि प्रयोग गरिन्छ । कतिपय केसमा लोकल एनेस्थिसिया पनि प्रयोग गरिन्छ । उपचार गरिएको ठाउँमा छाला थोरै रातो हुन्छ जुन सात दिनसम्ममा ठीक हुन्छ ।
सिूर्यको अल्ट्राभोइलेट किरणको प्रभाव, प्रदूषण, पिम्पल्स एवं एलर्जीले छालाको माथिल्लो तहमा नोक्सान पुर्याउँछन् । यसबाट ठाउँ-ठाउँमा कालो दाग हुन्छ । यसलाईर् केमिकल पिल प्रविधिबाट ठीक गरिन्छ । यो अत्यन्त सुरक्षित विधि हो, जसले छालाको कोष बनाउन मद्दत गरेर स्वस्थ्ा एवं सुन्दर छाला बन्न सहयोग गर्छ । यो विधिमा छालामा एउटा रासायनिक घोल लगाएर मरेको छालाको माथिल्लो तहलाईर् हटाइन्छ । यसबाट चाउरी, रुखो एवं मरेको छाला हट्छ । एएचए र बिटा लिफ्ट पिल पनि प्रयोग गर्न सकिन्छ । यसबाट अल्ट्राभोइलेट किरणबाट प्रभावित छाला, चाउरी एवं डन्डिफोरको दाग हट्छ ।
एिक्ने एउटा आम समस्या हो । यसले किशोरीहरूलाईर् मात्र नभएर हरेक उमेरका महिला-पुरुषलाईर् सताउँछ । एक अनुमानअनुसार यसबाट लगभग एकतिहाइ वयस्क एवं एक चौथाइ पुरुष सताइएका छन् । वयस्क उमेरमा हार्माेनको असन्तुलन वा तैलीय छालाका कारण डन्डिफोर आउँछ । यसका लागि दुई प्रकारको उपचार विधि उपलब्ध छ । एक्ने टि्रटमेन्ट फेसल, यसमा डिप पोरकलिन्जिङ, एन्जाइम एक्सफोलिएसन, एक्सट्रेक्सन, क्लिनिकलस्ट्रेन्थ ग्लाईकोलिक र सेलिसिलिक पोल्स, इन्फोक्सनको हाइट पि|mक्वेन्सी उपचार र त्यसपछि एन्टिसेप्टिक मास्कजस्तो प्रविधि समावेश छ । अन्त्यमा छालालाईर् डिप हाइड्रेसन गरिन्छ । यसबाट छाला चाँडै सामान्य हुन्छ ।
अर्को उपचार विधि छ-माइक्रोडर्माब्रेजन । यसमा ब्ल्याकहेड्स तथा ह्वाइटहेड्स हटाइन्छ । यो विधिमा अत्यन्त सक्षम अल्मुनियम अक्साइड क्रिस्टल्सलाईर् छालामा मेसिनद्वारा रगडिन्छ । यो विधिबाट एक्नेका कारण हुने चायाँ-पोतो पनि हट्छ ।
ििवभिन्न फिलर्सका माध्यमबाट रिंकल र स-साना खाल्डो भर्न सकिन्छ, साथै ओठको आकार पनि ठीक गर्न सकिन्छ । यसका लागि केही विशेष चिकित्सकीय पदार्थ वा व्यक्तिको शरीरको बोसोलाईर् नै छालामा इन्जेक्ट गरिन्छ । यसबाट छाला पुनः भरिएको देखिन्छ । यसलाई ओठबाहेक हातको छालामा कसिलोपन ल्याउन पनि प्रयोग गरिन्छ । सामान्यतया बोसो जाँघ वा पेटबाट लिइन्छ । यसबाहेक हाइलोरयुनिक एसिडको प्रयोग पनि धेरै लोकपि्रय छ । यसमा लोकल एनेस्थिसिया दिइन्छ । यो फिलरको प्रभाव केही महिनादेखि केही वर्षसम्म रहन्छ । यो कुरा उपचारमा प्रयोग गरिएको फिलरको प्रकृति र उपचार गरिएको ठाउँमा निर्भर हुन्छ ।
राइनोप्लास्टी
यो विधिमा नाकलाई चाहेको आकार प्रदान गरिन्छ । यसमा नाकको सतहको भित्री भागमा चिरेर हड्डीलाईर् सही सेप दिइन्छ । यसबाट अग्लो हड्डी ठीक गर्न चौडा नाकलाईर् पातलो गर्ने, नाकको अग्रभाग ठीक गर्ने, एंगल ठीक गर्ने आदि काम गरिन्छ । यो सर्जरीबाट श्वाससम्बन्धी केही समस्या पनि समाधान हुन सक्छ ।
थ्रेड लिफ्ट
यो विधिबाट विशेष खालको धागो प्रयोग गरी लेज एवं लट्किएको आइब्रो र आइलिड, नासोलेवियल फोल्ड्स र लुज भएका नेकटिसुलाईर् कसिन्छ । उमेर बढेसँगै व्यक्तिको मुहारको स्पोर्ट स्ट्रक्चर कमजोर भै अनुहारको बोसो पनि कम हुन्छ । यसबाट गाला, आइब्रो र आँखा वरपरको भाग, बंगारा एवं गर्धन आसपासको भाग प्रभािवत हुन्छ र छाला झोल्लिन्छ । थ्रेड लिफ्ट विधिबाट निच लिफ्ट, नेक लिफ्ट ब्रेलिफ्ट आदिको टि्रटमेन्ट हुन्छ ।
आइलिड सर्जरी
यसबाट माथिल्लो आइलिडमा कसिलोपन ल्याइन्छ र तल्लो भागको पफिनेस हटाइन्छ । यसका लागि माथिल्लो आइलिडको क्रिजमा चिरेर अतिरिक्त छाला, मांसपेशी तथा बोसेतन्तुलाईर् निकालिन्छ भने तल्लो आँखीभौंभन्दा ठीकमुनि चिरेर अतिरिक्त बोसो निकालिन्छ वा चारैतिर फैलाईन्छ । यसबाट छाला कस्सिएको अनुभव हुन्छ । यसबीच लोकल एनेस्थिसिया पनि दिइन्छ ।
रिोजिन शाक्य
के हो बोटोक्स ?
बोटोक्स विषालु पदार्थ हो । यद्यपि कस्मेटिक सर्जनका लागि यो आवश्यक औषधि हो । यो औषधि

चिकित्सकले नियमपूर्वक बोटोक्स इन्जेक्सन दिए यसले लामो सयमसम्म छाला तन्कनबाट रोक्छ । धेरै पटक यसको प्रयोग गर्न थालेपछि यसको डोज बढाउँदै लानुपर्छ ।
खर्च
बोटोक्सबाट चाउरिएको छालाको उपचार गर्दा धेरै पैसा लाग्छ । एक युनिट बोटोक्सको सुई लगाएको २५ हजार सम्म पर्न सक्छ । यो सुई लगाएको ठाउँ सुन्निन सक्छ, उपचार विधि सरल भएकाले १०-१५ मिनेटमै आफ्नो काममा र्फकन सकिन्छ । बोटोक्सको उपचार कुशल प्लास्टिक सर्जनले मात्र गर्न सक्छन् ।
बोटोक्स युनिटअनुसार लगाउनुपर्छ । चिकित्सकले यसलाई पि|mजमा स्टोर गरेर राख्छन् । हिजोआज बोटोक्सको दुरुपयोग हुन थालेको छ । जिम सेन्टर, ब्युटिपार्लर वा होटलमा पनि यो इन्जेक्सन दिन थालिएको छ । यस्तो अवस्थामा रियक्सन हुनसक्छ ।
उपचार विधि
बोटोक्स इन्जेक्सन कस्मेटिक सर्जन, छाला रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, फिजिसियन तथा आँखाका चिकित्सकबाट लिनुपर्ने प्रावधान छ । नेपालमा यो सेवा बीपी मेमोरियल अस्पताल, तिलगङ्गा आँखा अस्पताल तथा ओम अस्पतालमा उपलब्ध छ ।
८िा. ईश्वरी लोहनी
सधैंका लागि शृंगार
कुनै पनि पार्टीमा जाने भनेपछि महिलाहरूमा विशेष उत्साह देखिन्छ । पार्टीमा जानुअघि उनीहरू निकै मेकअप गर्छन् । घन्टौं लगाएर गरिएको मेकअप उतार्न त्यत्तिकै हम्मे-हम्मे पर्छ तर पनि

स्थायी शृंगारको इतिहास
शृंगारको सुरुवात हिम युगमा भएको मानिन्छ । उतिबेला प्राकृतिक तत्वहरूबाट रंग बनाई त्यसलाईर् प्रयोग गरिन्थ्यो । भनिन्छ, क्लियोपेट्राले पनि आफ्नो सुन्दरता कायम राख्न स्थायी मेकअप गरेकी थिइन् । त्यतिबेलादेखि आजसम्म विभिन्न उपाय अपनाएर स्थायी मेकअप गरिन्छ । त्यसका लागि आवश्यक उपकरण तथा उपाय भने समयअनुसार परिस्कृत एवं परिवर्तित
भएका छन् ।
के हो स्थायी शृंगार ?
यो एक प्रकारको कस्मेटिक प्रक्रिया हो जसद्वारा व्यक्तिको प्राकृतिक अंग अझ राम्रो बनाइन्छ । यसमार्फत आइब्रो, आइलाईनर, ओठ, ओठका धर्का तथा विभिन्न सुन्दर आकृति बनाइन्छ । स्थायी मेकअप केही पीडादायक पनि हुन्छ तर जतिजति राम्रो परिणाम आउन थाल्छ पीडा उतिउति कम हुन्छ ।
स्थायी शृंगारको
सकारात्मक प्रभाव
स्थायी मेकअप कुँदाइको परिस्कृत स्वरूप हो । यसले मानिसको प्राकृतिक सौन्दर्य उजागर गर्छ । जापान तथा चीनमा यसका नयाँ-नयाँ विधि विकसित भैरहेका छन् । यसलाईर् ब्युटिफिकेसनका साथै करेक्टिभ पनि मानिन्छ । यसको प्रयोग सेतो दाग तथा चोटको दाग लुकाउन गरिन्छ । यदि ओठ सानो वा ठूलो छ भने यसको सहायताले आफूले चाहेजस्तो बनाउन सकिन्छ ।
स्थायी शृंगारको नकारात्मक प्रभाव
यसमा हाइजेनिक नीडल प्रयोग गर्नुपर्छ जुन डिस्पोजेबल हुनुपर्छ । भर्खरै सिकिरहेका तथा नजानेकाहरूबाट स्थायी मेकअप गराउनु हुँदैन । हिलिङ प्रक्रियामा केही समय लाग्छ, संक्रमण पनि हुन सक्छ अनि पीडा पनि निकै कम हुन्छ ।
उपकरणहरू
स्थायी मेकअपका लागि विभिन्न प्रकारका उपकरण उपलब्ध हुन्छन् तर सबै उपकरण विद्युतीय हँँुदैनन् ।
सफ्ट ह्यान्ड पिगमेन्टस
यो उपकरण छालामा हातले प्रयोग गरिन्छ र लिफ्टिङ पद्धति प्रयोग गरिन्छ । यसमा म्यानुअल उपकरण सियोको प्रयोग हुन्छ । यो शत प्रतिशत डिस्पोजेबल हुन्छ । यो उपकरणले सियो छालामा घुुसाएर विस्तारै लिफ्ट गरिन्छ ।
क्वाइल
यो पारम्परिक विद्युतीय ट्याटु मेसिन हो । यसको प्रयोग ट्याटु आर्टिस्टले गर्छन् । यसमा मेसिनले सेडिङ तथा लाईनिङ गरिन्छ ।
पेन मेसिन
यो मेसिन थर्मामिटर वा बलपेनको आकारको हुन्छ । यसमा रंग हालेर लाईनिङ तथा सेटिङ गरिन्छ । यो मेसिनको प्रयोगले सुन्दर बन्न सघाउँछ ।
महत्त्वपूर्ण कुरा
स्थायी मेकअप गरेपछि निकै सावधानी अपनाउनुपर्छ । दाग मन नपराउनेहरूका लागि स्थायी मेकअप वरदान साबित हुन्छ । जसलाईर् कस्मेटिकबाट एलर्जी छ, जसका आँखा कमजोर छन् वा जोसँग समय कम छ उनीहरूका लागि स्थायी मेकअप सुविधाजनक हुन्छ ।
न्युड मेकअप
सुन्दर देखिन अनुहारभरि मेकअप गर्नु आवश्यक छैन । सुन्दर देखिन न्युड मेकअप पर्याप्त हुन्छ । यसले सबैलाईर् आकर्षणको केन्द्र बनाउँछ ।
के हो न्युड मेकअप
न्युड मेकअप गर्दा अनुहारमा धेरै मेकअप गरिँदैन । यसमा थोरै लिक्विड फाउन्डेसन लगाइन्छ र हलुका मेकअप गरिन्छ । न्युड मेकअप पूर्ण प्राकृतिक देखिन्छ । यसले आँखा एवं ओठलाईर् आकर्षक बनाएर अनुहारको सौन्दर्यमा निखार ल्याउँछ ।
आँखाको मेकअप
न्युड मेकअपमा आँखा तथा ओठको तालमेल नै मुख्य आकर्षण हो । त्यसका लागि मस्करा प्रयोग गर्नुपर्छ । आँखालाईर् स्मोकी बनाउन आँखाको तल्लो भागमा आइलाईनर लगाउनुपर्छ । त्यसपछि गाजल लगाउनुपर्छ । रंगीचंगी आइस्याडोको सट्टा हलुका रंगको साइनिङ आइस्याडो लगाउनुपर्छ । नाइट पार्टीका लागि आँखालाईर् स्मोकी लुक दिन आँखामा कडा मस्करा एवं आइलाईनर लगाउनुपर्छ ।
ओठको मेकअप
ओठको मेकअपका लागि साधारण लिप बाम, बाम कन्सिलर वा लिपग्लस लगाउन सकिन्छ । यी सबैको प्रयोग गर्नुभन्दा पहिले लिप एक्सप्लाईटर प्रयोग गर्नु राम्रो हुन्छ । यसको प्रयोगले ओठ आकर्षक देखिन्छ । यो प्रक्रियामा ओठमा लिप एक्सप्लाईटरको प्रयोगपछि लिप बाम तथा लिप कन्सिलर लगाउनुपर्छ । लिप कन्सिलर लगाउँदा लिप ब्रस प्रयोग गर्न सकिन्छ । ओठलाईर् अझ सुन्दर बनाउन तल्लो ओठमा गोल्डेन वा सिल्भर लिपग्लस प्रयोग गर्नुपर्छ ।
हेयर ट्रान्सप्लान्ट
ता.लु खुइलिएको ठाउँको पुनः सामान्य तरिकाले केश उमार्न हेयर ट्रान्सप्लान्ट सर्जरी गरिन्छ । महिलाहरूमा तालु खुइलिने समस्या ३० वर्षपछि प्रारम्भ भै ४० वर्ष नपुग्दै गम्भीर हुन्छ ।

झर्ने क्रममा रहेको केशलाईर् रोक्न बजारमा अनेकौं प्रकारका हर्बल तेल, मेडिकल स्याम्पु आदि उपलब्ध छन् जसको प्रयोगद्वारा केश र्झनबाट रोकिन सक्छ तर झरेको केश पुनः प्राप्त हुँदैन । केश झरेर तालु खुइलिएको ठाउँमा पुनः केश पलाउँदैन । यसको समाधानका लागि विग प्रयोग गर्न सकिन्छ तर यो समस्याको पूर्ण समाधान भने होइन ।
तालु खुइलिएको ठाउँमा पनि केश आउन सक्छ, त्यो पनि प्राकृतिक केश जस्तै र यसको समाधानको उपाय हो-हेयर ट्रान्सप्लान्ट सर्जरी । यो सर्जरीको सहायताबाट केश भएको ठाउँको केश लिएर केश नभएको ठउँमा रोपिन्छ ।
किन र्झछ केश
पुरुषमा केश झर्नुको मुख्य कारण हो- डिएसटी हार्मोनको अत्यधिक संवेदनशीलता । यो हार्माेन जति धेरै सेन्सिटिभ हुन्छ त्यति नै तीव्र गतिमा केश र्झछ । यसबाहेक महिला एवं बालबालिकामा केश झर्ने कतिपय कारण हुन्छन् । जस्तै प्रदूषण, स्ट्रेस, खराब स्वास्थ्य, डिसबेलेन्स डाइट, केशलाईर् कम पोषण प्राप्त हुनु आदि ।
सर्जरीले कसरी काम गर्छ ?
हेयर ट्रान्सप्लान्ट सर्जरीमा बिरामीको परमानेन्ट साइड केशको ग्राफ्ट लिइन्छ । परमानेन्ट साइड शिरको त्यो भाग हो जहाँ केश थोरै र्झछ वा झर्दै-झर्दैन । केशको ग्राफ्ट लिएपछि त्यसलाईर् रेसिपेन्ट एरिया अर्थात् तालु खुइलिएको ठाउँमा राखिन्छ । हेयर ट्रान्सप्लान्ट सर्जरी अत्यन्त सावधानी र सूक्ष्म तरिकाले गरिन्छ । कारण स-साना केशलाईर् रिप्लेस गर्दा तिनको डाइरेक्सनमा पनि पूरा ध्यान दिनुपर्ने हुन्छ । डाइरेक्सनको अर्थ केशको दिशा हो । जुन केशको प्राकृतिक ग्रोथमा निर्भर हुन्छ जुन दिशामा शिरमा पहिले केश थिए त्यही दिशामा नयाँ केश रिप्लेस गरिन्छ । यसबाट रिप्लेस गरिएको केश सामान्य देखिन्छ । हेयर ट्रान्सप्लान्ट सर्जरी पनि दुई प्रकारका हुन्छन् ।
पञ्च ग्राफि्टङ
यो पुरानो विधि हो । यो विधिमा डोनर एरियामा शिरको त्यो भाग जहाँबाट केशको ग्राफ्ट लिइन्छ रेसिपेन्ट एरियामा पञ्च गरेर लगाइन्छ । उपचारपछि त्यो एरियामा केश उम्रन्छ । यो सर्जरीका केही बेफाइदा पनि छन् । यो सर्जरीपछि केशको डोनर एरियामा कतिपय प्याच देखा पर्छन् । कारण ती स्थानमा केशको पञ्च उठाउनु हो । यसैगरी जुन केशलाईर् रिप्लेस गरिएको हो तिनको अरू केशसित तालमेल हुँदैन । कारण तिनीहरू सही दिशामा नभएका कारण कतिपय स-साना गोलो घेरामा उम्रन थाल्छन् । जुन हेर्दा खेलौना क्यारी वा गमलामा उमारिएको घाँससरह देखिन्छ ।
फालिकुलर सर्जरी
यो सर्जरी केही कठिन तर फाइदाजनक छ । यसमा डोनर एरियाबाट सफ्ट टिस्यु एरियाबाट सफ्ट टिस्युसहित आवश्यकता एवं डोनर एरियाको क्षमताका हिसाबबाट ग्राफ्ट लिइन्छ । डोनर एरियाबाट सफ्ट टिस्यु लिएपछि त्यो ठाउँलाईर् टाढाबाट बन्द गरिन्छ । त्यसपछि माइक्रोस्कोपको सहायताबाट ग्राफ्ट तयार गरिन्छ । यो सर्जरीमा केशको जराका साथमा सपmट टिस्यु पनि हुन्छ जुन केशका लागि आवश्यक हुन्छ । यो रिप्लेसमेन्टपछि केशलाईर् तबसम्म न्युटि्रसन दिइन्छ जबसम्म केश नयाँ स्केल्पमा एडजस्ट हुँदैन र प्राकृतिक रूपबाट रगत प्राप्त गर्न सक्दैन । यो सर्जरीमा एक-एक गरी केश रोपिन्छ । यसले गर्दा केशलाईर् नर्मल लुक प्राप्त हुन्छ । यो केशको ग्रोथ पनि केही समयपछि अरू केशसरह प्राकृतिक रूपमै हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
डोनर एरियाको आकारमा तालु खुइलिएको एरिया छोप्ने कुरा निश्चित हुन्छ । त्यसपछि पूरा शिर ढाकिने हिसाबले केशलाईर् ग्राफ्ट गरिन्छ । त्यसो त लेजरको सहायताले गरिने ट्रान्सप्लान्ट लोकपि्रय भए पनि सर्जन स्काल्प ट्रान्सप्लान्टलाईर् नै राम्रो मानिन्छ । हुन त यसमा रगत निस्कने सम्भावना धेरै कम हुन्छ तर यसबाट हुने गर्मीका कारण सही प्रकारको ग्राफ्ट हुन पाउँदैन । ट्रान्सप्लान्ट सर्जरी बाल्ड हेटका लागि वरदान साबित भएको छ । यसका केही साइडइफेक्ट पनि हुन सक्छन् । जसमध्ये हेयर थिनिङ एउटा आमसमस्या हो जसलाईर् 'सोकलोस' पनि भनिन्छ । सुन्निनु वा चिलाउनु पनि यो टि्रटमेन्टको साइडइफेक्ट हो । सुन्निनु सामान्य भए पनि चिलाए चिकित्सकसँग परामर्श लिनुपर्छ ।
सर्जरीपछिको हेरचाह
हेयर ट्रान्सप्लान्टेसन सर्जरी १०-१२ घन्टाभित्र हुन्छ तर यो सर्जरीपछि पनि शिरको छालाको विशेष ख्याल राख्नुपर्ने हुन्छ । केशलाईर् बढी प्रेसर दिएर काइँयो प्रयोग गर्नु हुँदैन । घाउ-चोटबाट टाउकोलाईर् जोगाउनुपर्छ । हेयर ट्रान्सप्लान्टेसनको ३ देखि ४ महिनामा केश उम्रन थाल्छ । लामो समयसम्म शिरलाईर् रुमाल वा टोपीले छोपेर राख्नुपर्छ । यसबाट शिरलाईर् घाम वा प्रदूषणबाट सुरक्षा प्राप्त हुन्छ । यसबीच केशमा स्याम्पु एवं तेल प्रयोग गर्न सकिन्छ तर तेल मसाजबाट
भने जोगिनुपर्छ ।
सर्जरीको खर्च यसमा प्रयोग गरिने ग्राफ्टमा निर्भर गर्छ । सर्जरीबाट ८० देखि ९० प्रतिशतसम्म केश उम्रन्छ । बाँकी ग्राफ्टस फेल खाने सम्भावना हुन्छ । धेरै मात्रामा केश झरेपछि मात्र हेयर ट्रान्सप्लान्ट गर्नुपर्छ भन्ने छैन । व्यक्तिअनुसार कम केश झर्दा पनि यसको प्रयोग गर्न सकिन्छ तर सम्बन्धित चिकित्सकको सल्लाहअनुसार काम गर्नु राम्रो हुन्छ ।
छालाको समस्याबाट बच्ने विधि
सिर्जना प्रधान पोखरेल’
गर्मी महिनामा छालालाई चर्को घाम र बढी गर्मीबाट बचाउन सनब्लक क्रिम तथा सनब्लक लोसन प्रयोग गर्नुपर्छ भने छालालाई नरम र चम्किलो बनाउन सन क्रिम जेल वा सनस्त्रिmन क्रिम प्रयोग

अनुहार धुँदा क्लिन्जिङको साटो फेसवास प्रयोग गर्ने अनि नरम सफा कपडाले हलुकासँग अनुहार पुछ्ने, त्यसपछि अनुहारमा डन्डिफोर छ भने सनस्त्रिmन जेल लगाउने र अन्य भागमा ओयल पि|m क्रिम लगाउने । त्यसमाथि लुज पाउडर वा कम्प्याक्ट पाउडर लगाउनु बुद्धिमानी हुन्छ । गर्मीमा चिसो पानीले धेरै पटक अनुहार धुनु हुँदैन । तातो छालामा पटक-पटक चिसो पानी पर्दा घमौरा वा डन्डिफोर बढेर आउन सक्छ । डन्डिफोर कम गर्न फिटकिरी वा बोरिक पाउडर पानीमा मिसाई डन्डिफोर भएको भागमा १० मिनेटजति हल्का मसाज गर्ने अनि पखाल्ने, डन्डिफोर भएको ठाउँमा वा बढी चिल्लो भएको ठाउँमा एस्टि्रजेन्ट लोसन वा स्किन टोनर लगाएर पुछ्दा पनि डन्डिफोर तथा अनुहारमा चिल्लो कम हुन्छ ।
मुसुरोको दाललाई मसिनो गरी पिसेर त्यसको लेप बनाई डन्डिफोर भएको ठाउँमा लगाई दस मिनेटपछि पखाल्दा डन्डिफोर तथा छालाको चिल्लो कम हुन्छ । घिउकुमारीको गुदी डन्डिफोर भएको ठाउँमा लगाउँदा पनि समस्या कम हुन्छ । मिश्रति छाला भएकाहरूले यो मौसममा अनुहारमा क्रिम लगाउँदा चिल्लो छाला भएतिर सनस्त्रिmन जेल तथा सुख्खा भएतिर सनस्त्रिmम क्रिम लगाएर त्यसमाथि लुज पाउडर वा कम्प्याक्ट पाउडर लगाउनुपर्छ । छालामा समस्या हुनेहरूले खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो छाला हुनेहरूले चिल्लो, पिरो, अमिलो तथा मसलेदार खाना नखाने वा एकदमै कम खाने तथा दिनमा ३-४ लिटर पानी पिउनु राम्रो हुन्छ । यस किसिमको छाला हुनेहरूले राति सुत्नुअघि फेसवासले अनुहार धुनु अनि डन्डिफोर भएको ठाउँमा जेल वा पाउडर लगाएर सुत्नु पनि राम्रो हुन्छ ।
बढी चिल्लो छाला हुनेहरूले दिनमा दुई तीन-पटक लुज पाउडर वा कम्प्याक्ट पाउडर लगाउनुपर्छ । यी विभिन्न कुराको राम्रोसँग पालना गरे छाला नरम र चम्किलो हुनुका साथै भविष्यमा छाला बिग्रने डरबाट पनि बच्न सकिन्छ ।
साभार :नारी साप्ताहिक