|

नारायणीको बाढीले सुस्ता डुवानमा


१८ असार, नवलपरासी । अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि नवलपरासीको सुस्ता गाविस डुवानमा परेको छ ।
आज बिहान ४ बजेतिर बस्तीमा पानी पसेपछि सुस्ताबासी अहिले घरको छाना र रुखमा चढेर साहारा ज्यान बाचाइरहेका छन् । त्यहाँस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा बलको पोष्टसमेत डुवानको चपेटामा परेपछि उद्धारकार्य प्रभावित भएको छ । तीन तिरबाट भारत र एकतिरबाट नारायणी नदीले घेरेको सुस्ता पटकपटक डुवानमा पर्दै आएको छ ।
आफूहरुको उद्धारका लागि स्थानीय प्रशासनले पहल नगरेको स्थानीयको गुनासो छ । विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा यसवर्षकै उच्च अर्थात २ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव छ ।

स्रोत: अनलाइन खबर

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नारायणीको बाढीले सुस्ता डुवानमा"

Leave a reply