|

साहसी

महानायक राजेश हमाल फरक भूमिकामा प्रस्तुत भएको चलचित्र साहसी जेठ २० गते देशभर एकसाथ सार्वजनिक हुने भएको छ। देशभरका ४५ सिनेमा घरसँगै पूर्वका  डीसीएन सर्वरजडित कृष्ण बिर्तामोड, नीलकण्ठ दमक, भिलेज सिनेमा उर्लाबारी, सुकुना विराट चोक, किरण झुम्का, भुषण टाकीज बाँसबारी आदि हलमा प्रदर्शनमा आउने  यो चलचित्रको निर्माण भोज गुरुङले गरेका हुन्। प्रदर्शनअगावै साहसीका गीत-सगीतले चर्चा पाइरहेका छन्।

मुनाल फिल्म प्रालि तथा विन्ध्यवासिनी चलचित्र मन्दिर, पोखराको प्रस्तुति चलचित्र साहसीमासाहसीमा नायक हमाल चिनियाँ मार्सल आर्ट खेल उसुअन्तर्गत पर्ने ताइचीको  प्रमुख प्रशिक्षकका रूपमा देखा पर्दैछन्।  वर्तमान राजनैतिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यो चलचित्रको निर्देशन वासुदेव पोखरेलले गरेका हुन्।

राजेश हमाल, गणेश उप्रेती, भोजबहादुर गुरुङ, स्नेहा शर्मा, मणिरत्न पौडेल, शर्मिला श्रेष्ठ, राजु अधिकारी, योग बज्रारचार्य, कुलप्रसाद गुरुङ, राजेन्द्र अधिकारी, ज्याक गुरु,  छवि सुवेदी आदि कलाकारले अभिनय गरेको यो चलचित्रमा संगीत लोकनाथ सापकोटाको, छायांकन सुमन तण्डुकारको, नृत्य निर्देशन अजय विष्टको, द्वन्द्व निर्देशन योगेद्र  श्रेष्ठको, सम्पादन रोशन लामिछानेको तथा पटकथा र संवाद  मामाभान्जाको छ।

Source:saptahikkantipur

Posted by Butwalonline on 12:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साहसी"

Leave a reply