भारतबाट विस्फोटक पदार्थ बोकेर आउँदै गरेका युवक पक्राउ
अमर खड्का, इटहरी, असार ९- सुनसरी भादगाउँ सिनुवारीबाट बुधबार राति प्रहरीले एक युवालाई बिस्फोटक पदार्थसहित पक्राउ गरेको छ। प्रहरीले चेकजाँचका क्रममा प्रकाशपुर-३ का २६ वर्षीय तिलक कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
कार्कीका साथबाट प्रहरीले जिलेटिन लोला पाँच थान, इलोक्ट्रोनिक डेटोनेटर तार लगायतका सामान बरामद गरेको छ।
भारतबाट आउँदै गरेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विपीन गौतमले बताए ।
Source:NagarikNews