कर्मचारीको न्यूनतम तलब १५ हजार तोक्न माग
८ असार,काठमाडौँ । पेशागत महासंघका प्रतिनिधिले अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेटेर सरकारी कर्मचारीको तलब न्यूनतम १५ हजार तोक्न माग गरेका छन् ।
महासंघ अध्यक्ष प्रमोद शर्माको नेतृत्वमा बुधबार अर्थमन्त्रीलाई भेट्न गएको एक प्रतिनिधि मण्डलले सो माग गरेको हो । महासंघले आकासिँदो महङ्गीका कारण कर्मचारीहरुलाई जीवन धान्न कठिनाई भएको गुनासो गर्दै तलब बढाउन माग गरेका हुन् ।
महासंघले दुर्गम तथा हिमाली क्षेत्रमा कार्यरत कर्मचारीका लागि महंङ्गीको अनुपातमा तलब बढाउन, सुविधा बृद्धि गर्न तथा रासनकार्ड व्यवस्था गर्न पनि माग गरेको छ ।
Source:onlinekhabar