सिलिण्डर ग्यास पडि्कदा सात घाइते
स्याङ्जा, जेष्ठ २२ - स्याङजाको वालिङ नगरपालीका- ३ वालिङ बजारस्थित ठेलापसलमा सिलिण्डर ग्यास पडि्कदा नौ जना घाइते भएका छन् ।
थुमपोखरा गाविस २ घर भई वालिङबजारमा ठेला पसल गर्दै आइरहेका रामप्रसाद गैह्रेको ठेलापसलमा गृहलक्ष्मी ग्यासको सिलिण्डर पडि्कदा पक्वादी गाविस- ८ घर भई वालिङ वसोवास गर्दै आएका डोलराज भण्डारी,तिनदोवाटे -४ का नारायणप्रसाद ढकाल गम्भीर घाइते भएका छन् ।
यसैगरी ठेला मालिक रामप्रसाद गैह्रे, वालिङ नगरपालिका- ३ की देउमाया थापा, सोहि ठाउँकी मिनाकुमारी गुप्ता, प्रेमकुमारी रेग्मी, वडा प्रहरी कार्यालयका वालिङका प्रहरी हवल्दार दिपक क्षेत्री, थुमपोखरा -७ का विष्णु प्रसाद लुइटेल, वालिङ नगरपालीका- १ का कमला आले पनि घाइते भएका छन् ।
गम्भीर घाइते ढकालको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ अन्यको वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । ठेला मालिक रामप्रसाद गैह्रे र वालिङ बजारमा रहेका सम्पूर्ण ग्यास सिलिण्डरका विक्रेतालाई अनुसन्धानको लागि वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।
Source:KantipurNews