|

माओवादी नेताका सुरक्षामा कमाण्डो खटिने

२३ जेठ, काठमाडौँ । माओवादी नेताका सुरक्षामा खटिएका लडाकु अस्थायी शिविर फिर्ता भएलगत्तै सरकारले अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरुको सुरक्षाका लागि विशेष व्यवस्था गर्ने भएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार प्रचण्डको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीका नायव उपरीक्षक -डीएसपी) तहका अधिकृतको नेतृत्वमा सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ ।

यसअघि डिभिजन कमाण्डरको नेतृत्वमा ५० लडाकु र सशस्त्रका डीएसपीको नेतृत्वमा ३० जनाजति प्रहरीले प्रचण्डको सुरक्षा हेर्दै आएका थिए । दलहरुबीचको सहमति अुनसार माओवादीले हिजोदेखि नेताका सुरक्षामा खटिएका लडाकु फिर्ता गर्न सुरु गरेको छ ।

स्रोतका अनुसार गृहमन्त्री कृष्णबहादुर महराले उपाध्यक्ष मोहन वैद्य, डा. बाबुराम भट्टराई, र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापाको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई) वा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा पाँच जनासम्म सुरक्षाकर्मी खटाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

‘सम्भवतः आजैदेखि सुरक्षाकर्मी नेताका सुरक्षाका लागि पठाउने तयारी भएको छ’ गृह स्रोतले अनलाइनखवरलाई भन्यो ।

Source:onlinekhabar

Posted by Butwalonline on 7:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादी नेताका सुरक्षामा कमाण्डो खटिने"

Leave a reply