|

युवासंघ अध्यक्ष महेश बस्नेत पक्राउ

अमर खड्का, इटहरी, असार २- इटहरीस्थित रिभरसाइड होटलबाट पक्राउ गरेका युवासंघ अध्यक्ष महेश बस्नेतलाई प्रहरीले विराटनगर लगेको छ। नागरिककर्मी खिलानाथ ढकालमाथि ज्यान मार्ने उद्देश्यका साथ आक्रमण गर्ने पर्शुराम बस्नेत आफ्नो संरक्षणमा रहेको पटक पटक बताउँदै आएका बस्नेतलाई होटलमा पत्रकार सम्मेलन गर्न खोज्दै गर्दा पक्राउ गरिएको हो।बस्नेतलाई पक्राउ गरेको विरोधमा युथफोर्सले इटहरीमा चक्काजाम गर्दै सवारी साधन तोडफोड गरेको छ। बस्नेतको पत्रकार सम्मेलनलाई सञ्चारकर्मीहरुले बहिस्कार गरेका थिए। युवासंघले आज विराटनगरमा प्रतिकार सभाको तयारी गरेको थियो। त्यसैका लागि अध्यक्ष बस्नेत विराटनगर आएका थिए।  प्रशासनले आज दिनभरका लागि निषेधाज्ञा जारी गरे पनि सभाको तयारी बारे जानकारी दिन उनले पत्रकार सम्मेलनको तयारी गरेका थिए।

Source:NagarikNews

Posted by Butwalonline on 7:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवासंघ अध्यक्ष महेश बस्नेत पक्राउ"

Leave a reply