|

संविधानको आशा गर्नु गोरु बियाउने जस्तै असम्भव : कमल थापा

काठमाडौँ, असार ५- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाएको नयाँ चुनावमा जानुपर्ने विकल्प बहुसङ्ख्यक जनताबाट अनुमोदन भएको बताएका छन्। उनले पटकपटक समय थपिएको संविधान सभाबाट संविधान जारी हुने आशा गर्नु गोरु बियाउने जस्तै असम्भव भएको पनि बताए।
पार्टीअन्तर्गतको राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनद्वारा आयोजित उपत्यकाव्यापी युवा भेला तथा प्रशिक्षण कार्यक्रमको उद्‍घाटन गर्दै उनले आम जनताको चाहना र भावनालाई पार्टीले बोकेर हिँड्न सकेकाले आगामी दिनमा पार्टीका एजेन्डा स्थापित हुने पनि उल्लेख गरे।उनले बहुसङ्ख्यक जनता र केही राजनीतिक दलसमेत अहिले ताजा जनादेशको पक्षमा रहेकाले नयाँ चुनावमा जाने विचार अग्रगामी भएको बताएका थिए।उनले पछिल्लो समयमा दलहरुका बीचमा गरिएको पाँचबुदे समझदारी सर्वोच्च अदालतको भावना विपरित रहेकोमा जोड दिँदै यसले प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाए स्वेच्छाचारी प्रवृत्ति हावी हुने बताए। उनले समय, साधन, स्रोतको सदुपयोग गरी अविलम्ब चुनावको वातावरण तयार गर्न सकेमा शान्ति र संविधान सार्थक हुने धारणा राखे। - रासस

Source:Nagariknews

Posted by Butwalonline on 1:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधानको आशा गर्नु गोरु बियाउने जस्तै असम्भव : कमल थापा"

Leave a reply