|

फाल हान्नेको मृत्यु

इनरुवा, जेष्ठ २० - घरको तीनतला माथिबाट फालहानेर घाइते भएपछि उपचार गराइरहेका एक युवकको शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
भक्तपुर–१० घर भएको भनिएका ३२ वर्षीय पुरुषोत्तम भट्टराईले दुई दिनअघि सुनसरीको इटहरी– ८ भोजपुरेटोलस्थित कर्ण श्रेष्ठको चारतले घर माथिबाट फाल हानेका थिए ।
दुई छोरा र श्रीमतीका साथ एक महिना अघिदेखि श्रेष्ठको घरमा रहँदै आएका मृतक भट्टराईमाथि इटहरीका जग्गा व्यापारीको रु तीस लाखभन्दा बढी खाएको आरोप लागेको थियो ।
सोही रकम असुल्न श्रेष्ठसहितका अन्य व्यापारीहरूले भट्टराईलाई उनकै घरबाट लिएर आएको बताइन्छ । स्थानीयवासीका अनुसार बाहिर निस्कनसमेत बन्देज गरी बन्धक बनाएर राखिएकाले भाग्ने क्रममा हामफाल्दा उनको मृत्यु भएको हो ।
दुई दिनअघि बिहान भट्टराईकी श्रीमतीले छोराहरूको पढाइ बिग्रियो भन्दै स्थानीय बिन्ध्यवासिनी बार्डिङ् स्कुलमा छोराहरूलाई भर्ना गर्न लगेको र उनी त्यही निँहुमा फरार भएपछि सोही दिन साँझ श्रीमान्ले भाग्ने उद्देश्यले फालहानेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठका अनुसार मृतक भट्टराईले इटहरीका जग्गा व्यापारीहरूको धेरै पैसा खाएको भन्ने सुनेको बताउँदै घरधनी कर्ण श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको बताउनुभयो । रासस

Source:KantipurNews

Posted by Butwalonline on 1:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फाल हान्नेको मृत्यु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु