लडाकु मोडालिटीका विषयमा छलफल हुँदै
९ असार, काठमाडौँ । सेना समायोजन विशेष समितिको बैठक बिहीबार बस्ने भएको छ । बैठकमा समायोजन गर्ने लडाकुको संख्या तथा मोडालिटीका विषयमा छलफल हुने भएको छ ।
समितिको सचिवालय नयाँ बानेश्बरमा साँझ ५ बजेपछि बस्ने बैठकमा समायोजन गर्ने लडाकुको संख्या र मोडालिटीका बारेमा छलफल हुनेभए पनि कुनै पनि प्रभावकारी निष्कर्ष ननिस्कने प्रायः निश्चित छ ।
लडाकुको मोडालिटी र समायोजनबारे दलहरूबीच कुरा नमिल्दा त्यसबारे अझै टुंगो लाग्न सकेको छैन । लडाकुको मोडालिटी र समायोजनमा बारेमा माओवादीको आन्तरिक द्वन्द्वका कारण शान्तिप्रक्रियामा उल्लेखनीय प्रगति भने हुन सकेको छैन ।
गएको मंगलबार बस्ने भनिएको समितिको बैठक प्रधानमन्त्री झलनाथ खनालको कार्यव्ययस्तताका कारण बस्न सकेको थिएन । समिति प्रधानमन्त्रीकै संयोजकत्वमा रहेको छ ।
Source:Onlinekhabar