नेपाल बारुदी सुरुङमुक्त घोषित
सुरेन्द्र पौडेल, ललितपुर, असार १ - फूलचोकीमा रहेका अन्तिम दुई बारुदी सुरुङ विस्फोटनसँगै नेपाल मंगलबारबाट छिमेकी राष्ट्र चीनपछि एसियाकै दोस्रो 'बारुदी सुरुङमुक्त' राष्ट्र बनेको छ।
सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सन् २००६ बाट दसवर्षे सशस्त्र द्वन्द्वको अवधिमा नेपाली सेनाले बिछ्याएका बारुदी सुरुङ र माओवादी लडाकुसँग रहेका घरेलु विस्फोटक पदार्थ (आइइडी) नष्ट गर्ने अभियान सुरु भएको थियो।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाली सेना र संयुक्त राष्ट्रसंघको संयुक्त प्रयासमा यो अभियान मंगलबार सकिएको छ।
अभियानअन्तर्गत माओवादी लडाकुले आफ्ना सात शिविरमा संकलन गरेका ५२ हजार ६ सय १७ वटा आइइडी सन् २००९ मै नष्ट गरिसकेको छ।
छ महिनाभित्र सुरुङ नष्ट गरिसक्ने भनिए पनि अभियान पाँच वर्ष ढिलो सकिएको छ।
नेपाली सेनाले सार्वजनिक सम्पत्ति (जलविद्युत केन्द्र, टेलिकम टावर) र आफ्ना क्याम्पको सुरक्षा गर्न बारुदी सुरुङ बिछ्याएको थियो। शान्ति सम्झौतापछि सन् २००७ अक्टुबरमा खिम्तीबाट बारुदी सुरुङ नष्ट गर्ने अभियान थालिएको थियो।
खिम्तीबाट फूलचोकीसम्म आइपुग्दा बारुदी सुरुङ नष्ट गर्न ८० लाख अमेरिकी डलर (झण्डै ५६ करोड रुपैयाँ) खर्च भएको जानकारी दिइएको छ।
सशस्त्र द्वन्द्वकालमा बारुदी सुरुङ र विस्फोटक अवशेषले मात्र विस्तृत शान्ति सम्झौतायता २ सय ३५ वटा विस्फोट भए, जसमा ७८ जनाको ज्यान गएको थियो। ३ सय ९५ जना घाइते भएका थिए। यसमा ५ प्रतिशतमात्र बारुदी सुरुङसँग सम्बन्धित छन्।'बारुदी सुरुङ र आइडिइडी द्वन्द्व सम्झाउने मुख्य वस्तु हुन्,' नेपालका लागि राष्ट्रसंघीय आवासीय प्रतिनिधि रोबर्ट पाइपरले फूलचोकीमा आयोजित कार्यक्रममा भने, 'विस्फोटनबाट फेरि नेपालमा कोही हताहत नहोस् भन्ने प्रण गर्न म सबैलाई आग्रह गर्दछु।'
नेपाली सेनाले बिछ्याएका २ सय ७५ आइइडी भने १ सय ७५ मात्र नष्ट भएको, बाँकी यही वर्ष नष्ट गरिसक्ने पाइपरले आशा व्यक्त गरे। उनले बाँकी नष्ट गरेर ओटवा बारुदी सुरुङ महासन्धिमा हस्ताक्षर गर्ने १ सय ५७ औँ राष्ट्र बन्न पनि उनले नेपाललाई आग्रह गरे।
नेपाल बारुदी सुरुङमुक्त क्षेत्र घोषणा गरिए पनि 'बारुदी सुरुङमुक्त राष्ट्र' बन्न सकेको छैन। राष्ट्रसंघीय बारुदी सुरुङ कार्यटोलीका वरिष्ठ प्राविधिक सल्लाहकार रिचर्ड डेर्यु'ले भने, 'नेपाली सेनाको भण्डारमा अझै यस्ता मानवविरोधी बारुदी सुरुङ छन्, ती नष्ट भइसकेपछि मात्रै नेपाल साँच्चिकै बारुदी सुरुङमुक्त देश बन्न सक्छ।'
डेर्युछले नेपाली सेनालाई 'बारुदी सुरुङक्षेत्र मुक्त प्रमाणपत्र' हस्तान्तरण गरेका थिए। नेपाली सेनाले उक्त प्रमाणपत्र ललितपुर प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेलाई हस्तान्तरण गरेको थियो। प्रमाणपत्रले बारुदी सुरुङ बिछ्याइएको जमिन अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सफा पारेको पुष्टि गर्छ।
बेलायतले सबै बारुदी सुरुङ नष्ट गरिएकोमा स्वागत गरेको छ। अभियानमा सहयोग गर्ने प्रमुख राष्ट्रमध्ये एक बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी मन्त्री एलन डनकन, रक्षामन्त्री एन्ड्र्यु रोबाथन, विदेशमन्त्री जोरिमी ब्राउनले उक्त घोषणाको स्वागत गरेको काठमाडौंस्थित बेलायती दूतावासले मंगलबार विज्ञप्तिमा जनाएको छ।
Source:nagariknews
दशक लामो सशस्त्र द्वन्द्वमा नेपाली सेनाले देशका ५३ स्थानमा बिछ्याएका १२ हजार ७० बारुदी सुरुङमध्ये बाँकी दुईलाई प्रधानमन्त्री झलनाथ खनाल र प्रधान सेनापति छत्रमान सिंह गुरुङले २ हजार ७ सय मिटर अग्लो फूलचोकी डाँडामा आयोजित एक भव्य कार्यक्रमबीच स्विच थिची विस्फोट गराएका थिए।
'जति ठूला समस्या आए पनि तिनलाई समाधान गर्न नेपाली सक्षम छन् भन्ने यो सफलताले प्रमाणित गरेको छ,' बारुदी सुरुङ नष्ट गरिएपछि प्रधानमन्त्री खनालले भने, 'विस्तृत शान्ति सम्झौतामा गरिएको प्रतिबद्धताअनुसार यो कार्य सम्पन्न हुनु शान्ति प्रक्रियाको महŒवपूर्ण उपलब्धि हो।' सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सन् २००६ बाट दसवर्षे सशस्त्र द्वन्द्वको अवधिमा नेपाली सेनाले बिछ्याएका बारुदी सुरुङ र माओवादी लडाकुसँग रहेका घरेलु विस्फोटक पदार्थ (आइइडी) नष्ट गर्ने अभियान सुरु भएको थियो।