|

जनजाति पार्टीद्वारा तराई बन्द, बन्दको आंशिक प्रभाव

११ असार, वीरगन्ज । दलित जनजाति पार्टीले शनिबार तराई बन्द गरेको छ । बन्दका कारण यस क्षेत्रका जिल्लाहरूमा आंशिक प्रभाव परेको छ ।
वीरगन्जमा शनिबार बिहान दलित जनजाति पार्टीका कार्यकर्ताले बन्द सफल पार्न आह्वान गर्दै केहीबेर गरे पनि पसलहरू भने खुला रहेका छन् । त्यस्तै सार्वजनिक सवारी साधनहरू पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
त्यस्तै रौतहटको सदरमुकाम गौरमा पनि बन्दको सामान्य प्रभाव परेको छ । गौरमा लामो तथा छोटो दूरीका सवारीसाधनहरू नचले पनि पसलहरू भने फाट्ट-फुट्ट रूपमा सुचारु भइरहेका छन् ।
उता बारामा पनि बन्दको आंशिक प्रभाव परेको छ । सदरमुकाम कलैयामा बजार पूर्ण रूपमा खुला रहेका छन् । त्यस्तै कलैयाबाट छुटने लामो दूरीका सवारी साधनहरू भने नचलेको अनलाइनखबर सहकर्मीहरूले जनाएका छन् ।
सरकारसँग भएको पाँचबुँदे सहमति कार्यान्वयन नभएको र आफ्ना अध्यक्षसहित चार सभासदलाई सभामुख सुवासचन्द्र नेम्वाङले सातदिनका लागि निलम्बन गरिएको विरोधमा जनजाति पार्टीले शनिबार तराई बन्दको आह्वान गरेको हो ।


Source:Onlinekhabar

Posted by Butwalonline on 10:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनजाति पार्टीद्वारा तराई बन्द, बन्दको आंशिक प्रभाव"

Leave a reply