गणितमा १५ विद्यार्थीको सय
तनहुँ, असार १४ , तनहुँको एक निजी विद्यालयका १५ विद्यार्थीले अनिवार्य गणित विषयमा पूर्णांक ल्याएका छन्। दुलेगौडास्थित ब्राइट फ्युचर इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसीमा सहभागी ४ छात्र र ११ छात्राले गणित विषयमा सयमा सय अंक ल्याएका हुन्। गणितमा पूर्णांक ल्याउने विद्यार्थीमा सिजन श्रेष्ठ, प्रदीप थापा मगर, रोशनी पुनः, खुश्वु थापा, रोमी श्रेष्ठ, ठाकुर भुजेल, नजिना राना, दिलकुमारी आले, दिमी गुरुड, सुमित्रा भण्डारी, सुष्मा आले, पुनम विक, गंगा थापा, प्रमिला पौडेल र रेणुका थापा रहेका छन्। यसअघि अन्य विद्यार्थीले सयमा सय अंक नल्याएको विद्यालयका गणित शिक्षक नेत्रराज अधिकारीले बताए।
Source:NagarikNews
Source:NagarikNews