पहिरोमा पुरिएर पाँच नेपालीसहित १५ को मृत्यु
११ असार, काठमाडौं । भारतको सिक्किममा अविरल वर्षापछि बिहीबार राति गएको पहिरोमा पुरिएर पाँच नेपाली मजदुरसहित १५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकै परिवारका तीनसहित पाँच नेपाली र अन्य १० नेपालीभाषी मजदुर छन् । पश्चिम सिक्किमको सदरमुकाम गेजिङदेखि करिब १५ किलोमिटर टाढाको क्षेत्रमा सोमबार बिहानैदेखि भारी वर्षा भएकाले पहिरो गएको बताइएको छ ।
घटनामा मृत्यु हुनेमा पाँचथरको रानीटारका दावा तामाङ -६०), सुकमाया छेत्री (५५), टेकबहादुर अधिकारी (३८), उनकी पत्नी जानुका (३०) र एक दूधे बालक छन् । मृत्यु हुने सबै सडक मजदुर हुन् । उनीहरू केही समययता सिक्किमको राजधानी गान्तोक जोड्ने राजमार्ग निर्माणमा संलग्न थिए ।
Source:onlinekhabar