त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण फेरि ठप्प
काठमाडौ, अषाढ ११ - त्रिभुवनन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १ बजेसम्मका लागि विमानको उडान र अवतरण बन्द गरिएको छ । विमानस्थलको भिओर डिमई भन्ने उपकरणमा खराबी आएपछि चार घण्टाका लागि विमानस्थलमा उडान र अवतरण रोकिएको हो । विमानको उचाई र दुरी देखाउने उक्त यन्त्रमा खराबी आएपछि त्यो नबनुन्जेलसम्मका लागि विमानस्थलमा वायु सेवाहरु ठप्प भएको छ । विमानस्थलस्रोतका अनुसार भिजिविलिटीका आधारमा आफूले रिस्क लिएर नेपाल वायु सेवा निगमको एक जहाज अवतरण भएको छ भने इन्डियन एअरलाईन्सको विमान उडेको छ । उपकरण अनिवार्य प्रयोग गर्ने विमान सेवाहरु प्रभावित विशेष प्रभावित भएका छन् ।
यसअघि,विमानस्थलको रनवे क्षतिग्रस्त हुँदा अवतरण तथा अडान प्रभावित भएको थियो । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पटक-पटक विभिन्न कारणले विमानसेवा प्रभावित हुँदा मुलुकको छवि बिगि्रने गरेको छ । अझ पर्यटन वर्ष मनाइरहेको बेला विमानस्थलमा देखिने समस्याले मुलुकको छविमा असर पुग्दैछ ।

Source:Kantipurnews