संविधान नदिएका सभासदले रगत पनि दिएनन्
७ असार, काठमाडौँ । तीन वर्षमा पनि संविधानसभाबाट मुलुकलाई नयाँ संविधान दिन नसकेको भन्दै आलोचनाको तारो बनेका सभासदहरु सामाजिक जीवनका अन्य क्षेत्रमा पनि कति पछि रहेछन् भन्ने मंगलबारको एउटा घटनाबाट प्रष्ट भएको छ ।
प्रसङ्ग हो संविधानसभा भवन परिसरमा उक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमको । ‘ब्लड डोनर्स एशोसिएशन नेपाल’ नामक संस्थाले ५ सय ९६ जना ‘माननीय सभासद ज्यू’हरुलाई व्यक्तिगत रुपमा चिठी लेखेर र टेलिफोनबाट समेत गरेर संविधानसभा भवन परिसरमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । तर, जम्मा ९ सभासदले मात्र रक्तदान गरेका छन् ।
संविधानसभा भवनको ह्लोत्से हलमा आयोजित रक्तदान कार्यक्रमको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले माओवादी सभासद हरि रोकालाई रगतको पोका हस्तान्तरण गरेर उद्घाटन गर्नु भएपनि उहाँ आफैंलेचाहीँ न्यून रक्तचापका कारण रगत दिन पाउनु भएन ।
उपसभामुख पूर्णकुमारी सुवेदीसहित अन्य आठ सभासदले रक्तदान गर्ने इच्छा देखाएपनि स्वास्थ्यमा खरावी देखिएपछि चिकित्सकले रगत दिन नमिल्ने बताएका थिए ।
सभासदहरु हरि रोका, रामकुमार राई, पार्वती महतो कुमाल, प्रदीप ज्ञवाली, रामनाथ ढकाल, बिन्दा पाण्डे, शान्ति जिरेल, प्रल्हद लामिछाने र कमला रोका लगायतका नौ सभासद, संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ३६ जनाले रक्तदान गरेका थिए ।
एशोसिएशनका कार्यक्रम संयोजक ज्ञानुराजा महर्जनले जनमानसमा रहेका रक्तदानसम्बन्धी गलत मान्यता हटाएर त्यसप्रति सकारात्मक उत्प्रेरणा जगाउने उद्येस्यले कार्यक्रम आयोजना गरिए पनि सभासदहरुको व्यवहारले आफूहरुलाई निराश बनाएको प्रतिक्रिया दिनुभयो । महर्जनले ५ सय ९७ सभासदलाई टेलिफोन गरेर र चिठी पठाएर कार्यक्रममा उपश्थित हुन आग्रह गरेपनि न्यून मात्रामा मात्र सहभागिता रहेको जानकारी दिनुभयो ।
‘सभासदहरुले एकैठाउँमा जम्मा भएर गरेको रक्तदान कार्यक्रमले अत्यन्तै राम्रो सन्देश पु¥याउने छ भन्ने हाम्रो विश्वास थियो’ महजर्नले भन्नुभयो ‘सभासदहरुको अनिच्छाले परिणाम हाम्रो अनुमान भन्दा ठीक उल्टो आयो ।’
Source:Onlinekhabar