स्थानीय विकास मन्त्री अर्यालको पुल उद्घाटन गर्ने कार्यक्रम बहिस्कार
दिलीप पौडेल, बाग्लुङ,असार १० - यहाँका पत्रकारले स्थानीय विकास मन्त्री उर्मिला अर्यालको कार्यक्रम बहिस्कार गरेका छन्। नागरिककर्मी खिलानाथ ढकाललाई कुटपिट गर्नेलाई पक्राउ गरी कारवाहीको माग गर्दै विहिवार स्थानीय विकास मन्त्री अर्यालको पुल उद्घाटन गर्ने कार्यक्रम बहिस्कार गरेका हुन्। अर्यालय बिहीबार विहान बाग्लुङदेखि कुश्मिशेरा सडकखण्डमा पर्ने काठेखोलाको मोटरेबल पुल उद्घाटन गर्न बाग्लुङ आएकी थिइन्। घटनाका आरोपित मुख्य योजनाकार पर्शुराम बस्नेतलाई सरकारले पक्राउ गरी कारवाही नगरको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न चरणबद्ध आन्दोलन हुँदै आएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार बाग्लुङ लगायत पर्वत,म्याग्दीमा पत्रकारले चरणबद्ध रुपमा कालोपट्टी, धर्ना, विरोध प्रर्दशन, अन्तरक्रिया लगायका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
Source:nagarikNews
Source:nagarikNews