|

किनारमा शिशु छाडेर युवती डुबिन्

कमल थापा, रुकुम, असार १० - ७ महिनाको शिशुलाई नदीकिनारमा राखेर एक युवती भेरी नदीमा हाम फालेकी छिन्। विजयश्वरी-४ नाखिराकी अन्दाजी २६ वर्षीया रुपा टमाटा बिहीबार बिहान ठूलीभेरी नदीमा हाम फालेर बेपत्ता भएकी रुकुम प्रहरीले जनाएको छ।स्थानीयबाट उक्त खबर पाउने बित्तिकै प्रहरी खटाइएको प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठीक नभएकाले उनले हाम फालेको हुनसक्ने स्थानीयको भनाई छ। नदीमा बाढी आएकाले खोजी कार्यमा बाधा पुगेको प्रहरीले बताएको छ।



Source:nagariknews

Posted by Butwalonline on 4:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "किनारमा शिशु छाडेर युवती डुबिन्"

Leave a reply