|

शान्ति प्रक्रिया टुंग्याउन साझा प्रस्ताव ल्याउने तयारी

काठमाडौ, जेष्ठ ७ - सत्तारुढ तीन दल शान्ति प्रक्रियालाई टुंग्यान साझा प्रस्ताव ल्याउने तयारी गरेको छ । त्यसका लािग अविलम्ब ठोस प्रयत्न गर्ने विषयमा सत्तारुढ तीन दल सहमत भएका छन् । कांग्रेस लगायत विपक्षी दलहरुले शान्ति प्रक्रियामा ठोस प्रगति नभए संविधानसभाको म्याद थप्न सहयोग नगर्ने भनिरहेका बेला सत्तारुढ दलले त्यस्तो सहमति गरेका हुन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री झलनाथ खनाल,माओवादी अधयक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव शान्ति प्रक्रियालाई टुंग्याउन साझा प्रस्ताव ल्याउने सहमति गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस लगायत अन्य दलहरुसंग छलफल गरेर शान्ति प्रक्रियाका विषयमा ठोस र साझा प्रस्ताव ल्याउने सत्तारुढ दलले सहमति गरेको बताए ।
बालुवाटारबाट माओवादी अध्यक्ष दाहाल कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न महाराजगंज गएका छन् । बिहान पौने ८ बजेदेखि १ घण्टा बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो ।


KantipurNews

Posted by Butwalonline on 9:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शान्ति प्रक्रिया टुंग्याउन साझा प्रस्ताव ल्याउने तयारी"

Leave a reply