दाहाल र कोइरालाबीच भेटवार्ता
काठमाडौ, जेष्ठ ७ - सेना समायोजनमा साझा धारणा तय गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालासँग छलफल गरेका छन् ।
मुख्य तीन दल माओवादी, कांग्रेस र एमालेले नेपाली सेनाले प्रस्तुत गरेको सेना समायोजनको माडालिटि नजिक पुगेपनि सेना समायोजन हुने संख्याबारे भने कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री झलनाथ खनालसँग सेना समायोजनका विषयमा सत्तारुढ दलबीच साझा सहमति गर्ने धारणा लगत्तै माओवादी अध्यक्ष दाहालले कांग्रेस सभापतिसँग छलफल गरेका हुन् ।
शनिबार बिहान महाराजगंज स्थित कोइराल निवासमा भएको छलफलमा सभापति कोइरालाले आफ्नो पार्टीले अघि सारेको दश बुँदे शर्तबाट पछि नहट्ने अढान राखेको स्रोतले जनाएको छ । कांग्रेसले शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार गठनको विकल्प नभएकाले खनालको राजिनामाको माग गर्दै आएको छ ।
माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियाका लागि सरकार गंम्भीर भएकाले सरकारले अघि सारेको प्रस्तावमा छलफल गर्न आग्रह गरिएको बुझिएको छ । पार्टीको स्थायी समिति बैठक अघि कांग्रेसको धारणा बुझन गएका दाहालले सोही अनुरुप पार्टीमा छलफल गरी सेना समायोजनका विषयमा पार्टीको धारणा तय गर्ने बताइएको छ ।
KantipurNews