दुर्गन्ध पसिनाको
काठमाडौ, जेष्ठ ७ - गर्मीयाम सुरु हुनासाथ सायद तपाईं छेउछाउका सहकर्मीहरूलाई असाध्यै अप्ठ्यारो हुने गरेको होला । तपाईंको शरीरको दुर्गन्धबाट साथी भाइहरू हैरान हुने गरेका होलान् । यसको जानकारी तपाईंलाई भए पनि हीनताबोधले थिचिएर बस्नुबाहेक अन्य उपाय नदेख्नुभएको होला ।
तर यो तपाईंको मात्र समस्या होइन । गर्मीयाममा धेरैजसो व्यक्तिले यस्तै लघुताभास गरेका हुन्छन् ।
'पसिना आफंैमा गनाउँदैन,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'छालामा भएका ब्याक्टेरियाले गर्दा शरीर गन्हाएको हो ।' पसिनासँगै शरीरबाट अमोनिया, प्रोटिन, बोसो, अम्ल र नुनजस्ता अनावश्यक तत्त्वसमेत बाहिर आउँछन् । छालामा भएको जीवाणुले पसिनालाई एरोम्याटिक फ्याटी एसिडमा परिवर्तन गर्छ, अनि नाकै फोड्ने खालको दुर्गन्ध उत्पन्न हुन्छ ।
पसिना आउनु प्राकृतिक प्रक्रिया हो, यसलाई रोक्न सकिन्न । तर दुर्गन्धबाट बच्न सकिन्छ । यसका लागि शरीरको यथोचित सरसफाइ आवश्यक हुन्छ ।
उसो त पसिना आउनु स्वस्थ शरीरको निसानीसमेत हो । तर यसबाट दुर्गन्ध निस्किनुले असहज स्थिति उत्पन्न गर्छ । गर्मीयाममा प्रायः सबैलाई पसिना निस्किन्छ, कसैलाई धेरै बढी त कसैलाई कम । कामको हिसाबले शारीरिक मिहिनेत गर्ने व्यक्तिलाई गर्मीयाममा बढी पसिना आउँछ । शरीरको छालाको नेपाल अहिले रुपान्तरणको चरणमा छ । पुराना मान्यता र संस्थाको अन्त्य भएको छ । नयाँ मान्यता र संस्थाको सुरुवात हुने क्रममा छ । नयाँ संविधान बन्ने क्रममा छ । देशलाई चाहिने अनेक कुरा त्यसमा समावेस हुनेछन् ।
स्वच्छ पिउने पानी र सरसफाइ नागरिकको आधारभूत अधिकार त हुँदै हो यो विकासको प्रस्थान विन्दु पनि हो ।
आदर््रता कायम राख्न पसिना आफसेआफ निस्किने गर्छ । डा. कर्ण भन्छन्, 'घाम र बढी गर्मीमा छाला नसुकोस्, खराब नहोस् भनेर प्राकृतिक रूपमै पसिना निस्किने गरेको हो ।'
जिउमा पसिना सुकेपछि छालामा युरिया र नुनजस्तो तत्त्व
रहिरहन्छ । त्यही तत्त्वले जीवाणुलाई आकषिर्त गर्छ अनि दुर्गन्ध उत्पन्न हुन्छ । डा. कर्णका अनुसार तुरुन्त सफाइ नगर्दा यसले छालामा बिमिरासमेत उत्पन्न गर्छ । केही व्यक्तिलाई बढी पसिना आए पनि गन्हाउँदैन तर कसैकसैलाई भने कम पसिना आए पनि अति गन्हाउने हुन्छ ।
पसिना गन्हाउनुको अर्को कारण अपच, गरिष्ठ खाना, बढी नुनको प्रयोग पनि हुन सक्छ । डा. कर्ण भन्छन्, 'थाइराइड असन्तुलनले समेत बढी पसिना आउन सक्छ । यस्तै थाइराइड, कार्सिनोइड सिन्ड्रोम आदिमा पसिना बढी निस्किन्छ र दुर्गन्ध बढ्ने गरेको छ ।'
पसिनाको दुर्गन्धले शरीरभित्रका अंगहरूमा देखिएको समस्यालाई समेत संकेत गर्छ । मधुमेहको रोगीमा नेल पोलिस रिमुभर जस्तै गन्ध आउँछ । कलेजोका रोगीहरू अमोनियाजस्तै गन्हाउँछन् ।
शरीरको केही खास भाग अर्थात काखी, तिघ्राको काप आदिबाट बढी पसिना आउँछ । 'ती ठाउँमा भएको ग्रन्थीमा प्रोटिन र तेल बढी निस्किन्छ जसले गर्दा त्यहाँ व्याक्टेरिया छिट्टै हुर्किन्छ,' डा. कर्ण भन्छन् । कापहरूमा नेपाल अहिले रुपान्तरणको चरणमा छ । पुराना मान्यता र संस्थाको अन्त्य भएको छ । नयाँ मान्यता र संस्थाको सुरुवात हुने क्रममा छ । नयाँ संविधान बन्ने क्रममा छ । देशलाई चाहिने अनेक कुरा त्यसमा समावेस हुनेछन् ।

आदर््रता बढी हुनु, हावा ओहोरदोहर हुन नसक्ने भएकाले बढी दुर्गन्ध उत्पन्न हुने गरेको हो ।
पसिनाको दुर्गन्धको समस्या भएकाहरूले पेट सफा राख्नुपर्छ, हलुका भोजन गर्नुपर्छ, पानी प्रशस्त पानी खानुपर्छ । दिनमा दुईपटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई कम गर्न सकिन्छ । यस्तै, गन्हाउने पसिना कम गर्न फाइबर, अन्न, सोयाबिन, हरियो सागसब्जी बढी प्रयोग गर्नुपर्छ । 'प्रोसेस्ड खाना खानबाट बच्नुस्,' डा. कर्ण भन्छन्, 'यसले तपाइर्ंको शरीरको विषाक्त पदार्थ पसिना र पिसाबको माध्यमले निस्किन्छ र दुर्गन्ध कम हुन्छ ।'
यस्तै, नुहाउने पानीमा डिटल, युडी कोलोन, गुलाबजलको केही थोपा हालेरसमेत नुहाउन सकिन्छ । नुहाउने पानीमा फिटकिरी वा मिन्ट पनि हाल्न सकिन्छ । भित्रीबाहिरी सबै लुगा दिनहँु फेर्नुपर्छ । बढी दुर्गन्धयुक्त पसिना आउनेहरूले बाथ साल्ट पानीमा हालेर नुहाउन सक्छन् । बास्नादार पाउडरसमेत प्रयोग गर्न सकिन्छ ।
यो समस्याको घरेलु उपचारअन्तर्गत बेकिङ सोडालाई कागतीमा मिसाएर काखीमा लगाउनाले समेत ब्याक्टेरिया नष्ट हुन्छ । तर यो सेभिङ गरेको ठाउँमा भने लगाउनु हुँदैन ।
'खुट्टा र काखी, तिघ्राको कापलाई दिनहुँ राम्ररी सफा गर्नुपर्छ । त्यहाँ एन्टि फंगल/ब्याक्टेरियल पाउडर लगाए हुन्छ । काखी, तिघ्राको काप, गर्दन, छातीको छेउछाउ जस्ता बढी पसिना आउने शरीरका भाग दिनहुँ राम्ररी साबुनपानीले धुनुस्,' डा. कर्ण भन्छन्, 'गर्मीयाममा भने चप्पल/स्यान्डलको प्रयोग बढी गर्नुस् ।'
यस्तै, गर्मीमा सधैं सुती कपडा प्रयोग गर्नुपर्छ । बाक्ला र सिन्थेटिक लुगा लगाउनाले बढी पसिना निस्कन्छ । पसिना धेरै बढी गन्हाउने समस्या भएकाहरूले नुहाएपछि कुनै राम्रो कम्पनीको बडी स्प्रे उपयोग गर्न सक्छन् । डियोडरेन्ट (दुर्गन्धनाशक) र एन्टिपर्सिपिरेट (पसिना रोक्ने) सोल्युसन उपयोग गर्न सकिन्छ । यसमा भएको एल्मुनियम र जिंकले पसिना कम त गर्छ, तर यसलाई लगाउनाले पसिनाको दुर्गन्ध केही समयका लागि मात्र नियन्त्रित हुन्छ ।
'पसिनाको दुर्गन्धको स्थायी समाधान कस्मेटिक उपचार नै हो,' डा.कर्ण भन्छन्, 'बढी पसिना आउने ठाउँबाट लेजरको माध्यमले नचाहिने रौं हटाउन सकिन्छ ।' यस्तै पसिनाले बढी सताइएकाहरूको लागि बोटेक्स इन्जेक्सन पनि उपयोगी हुन्छ, तर यसको असर भने करिब आठ महिनासम्म रहन्छ ।
अर्को विधि आइटोफोरेसिसअन्तर्गत शरीरमा 'निम्न विद्युत् प्रवाह' हालिन्छ । यसले पसिना कम आउँछ । यस्तै सिम्प्याथेटिक शल्यक्रिया, सुपरफेसियल लाइपोसेक्सन पनि यसको अर्को
विकल्प हो ।
के हो पसिना ?
पसिना स्तनधारीको छालामा भएको ग्रन्थीले निस्किने तरल पदार्थ हो । यसमा मुख्यतः पानी हुन्छ । विभिन्न क्लोराइड, २ मेथिलफिनोल, ४ मेथिलफिनोल तथा युरियाको अलिकति मात्रा पनि हुन्छ । पसिनाले मानिसमा मुख्य रूपले तापक्रम नियन्त्रणको काम गर्छ ।
कति खेर बढ्छ दुर्गन्ध ?
आर्द्रता बढी भए
पसिना धेरै बढी आए
जीवाणु धेरै बढी संख्यामा भए
थाइराइड, कार्सिनोइड सिन्ड्रोमजस्ता रोग भए
केही औषधिको साइड इफेक्ट भए
अतुल मिश्र/कान्तिपुर