|

चटयाङ्ले लागेर एक युवाको मृत्यु

इटहरी, जेठ ३ (नागरिक) - चटयाङ्ले लागेर सुनसरी चादवेलाका एक युवाको सोमबार मृत्यु भएको छ। चटयाङ्ले लागेर चादवेला-७ का ३५ बर्षीय रामकुमार ऋषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घरमै बसिरहेको बेला चटयाङ्ले लागेर घाइते ऋषिदेवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, चटयाङ्ले लागेर साहेवगन्ज-५ की २५ बर्षीया कुन्तादेवी साह घाइते भएकी छन्। उनको उपचारका लागि भारत लगिएको छ ।
यसैबीच, जन्ती गएर फर्कदा पौडी खेल्ने क्रममा तीन दिनअघि सप्तकोसी नदीको चतराघाटमा डुवेर वेपत्ता भएका धरानको शिक्षा निकेतन उच्च माध्यमिक विद्यालयका शिक्षकको शव फेला परेको छ। धरान-५ का २९ बर्षीय शिक्षक प्रकाश केसीको सुनसरी महेन्द्रनगर क्षेत्र सप्तकोसी नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी भुपालकुमार भण्डारीले बताए।


Nagarik News

Posted by Butwalonline on 10:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चटयाङ्ले लागेर एक युवाको मृत्यु"

Leave a reply