हङकङमा आयोजित कन्सर्ट 'जोर्डन नाइट'मा गायक राजु लामालाई चुम्बन गर्दै एक युवती ।
हङकङ, वैशाख २७ - चकलेटी गायक राजु लामाको प्रस्तुति हङकङमा नौलो थिएन । दर्जनौंपटक प्रत्यक्ष देखे-सुनेकै हुन् । यसपटक भने उनीप्रतिको दर्शक क्रेज साँच्चिकै सम्झनलायक रह्यो । कलाकारहरूसँग फ्यानले नारिएर तस्बिर खिच्नु, हात समाउनु सामान्य नै हो । आइतबार साँझ भने एक युवतीले सयौं दर्शकमाझ राजुलाई दुवै गालामा जोसिलो चुम्बन मात्र गरिनन् । घाइते नै हुनेगरी दरिलो अंगालोमा बेरिन् ।
युवतीले जबरजस्ती त्यसो गर्न खोज्दा गायक तर्किन खोजे । तानातानमा ती युवतीका नङले गायकको हत्केला त चिथोरियो नै ज्याकेटसमेत च्यातियो । फ्यानले यतिबिध्न माया दर्शाउँदा गायकले के नै गर्न सक्थे र ? अनुहार रातो पार्दै उनले सानो स्वरमा असहमति पोखे, 'आम्मै तपाईंको माया त कति साह्रो कडा हो ?'
KantipurNews
युवतीले जबरजस्ती त्यसो गर्न खोज्दा गायक तर्किन खोजे । तानातानमा ती युवतीका नङले गायकको हत्केला त चिथोरियो नै ज्याकेटसमेत च्यातियो । फ्यानले यतिबिध्न माया दर्शाउँदा गायकले के नै गर्न सक्थे र ? अनुहार रातो पार्दै उनले सानो स्वरमा असहमति पोखे, 'आम्मै तपाईंको माया त कति साह्रो कडा हो ?'
केही बेरमै फेरि हाँस्दै गाए, 'सायद तिम्रो बाटोमा मेरो पाइला नहोला... ।' स्टेजमा यो उनको दोस्रो आगमन थियो । मंगोलियन हर्टको चिनारी बोकेको बहुचर्चित गीतमा गायकसँगै युवकहरूसमेत जुरुक्कै उचालिए । देशप्रेमको भावनाले ओतप्रोत उनको अर्को चर्चित गायन 'मेरो देश मलाई लाग्छ प्यारो...' ले पनि दर्शकलाई उत्तिकै उफार्यो । ढाका टोपीमा सजिएर नेपाली राष्ट्रिय झन्डा फर्फराउँदै गायकले भाका हाल्दा भरिभराउ हलमा दर्शकहरूले समेत उत्तिकै जोसिलो पाराले सुरमा सुर मिलाएका थिए । यसपछि उनले 'बादलको पारीको देशबाट...', 'यो जुनीमा तिमीलाई पाए...' लगायतका गीत गाए ।
जोर्डन क्लबद्वारा आयोजित कन्सर्ट 'जोर्डन नाइट' मा पप गायक सविन राई अर्का आकर्षण थिए । उद्घोषिकाले उनलाई निम्त्याएका मात्र के थिइन्, दर्शक जोसिए । 'कालो कालो रात...,' पृष्ठभूमिमा उनको स्वर त सुनियो तर गायक भने देखिएनन् । दर्शकहरूको ताली र सिठी रोकिएको थिएन । गायक चिप्लेटी खेल्दै स्टेज अघिल्तिर आए । दर्शकलाई अभिवादन गर्दै गाए । पहिलो चरणमा उनले 'सधंै तिमीलाई...', 'तिमी छौ म छु...' लगायतका गाए ।
यसपछि गायक कृष्णकुमारी गुरुङ र कृष्ण देवकोटाले दोहोरी पस्के । हङकङका स्थानीय प्रसंगलाई जोडेर गायक द्वयले मन खोलेर नाच्दै गाए । केहीबेर अघिसम्म राजु र सविनको गायकीमा मन गाढेका तन्नेरीहरू यतिबेला सुस्ताएका देखिए पनि पाकाहरूलाई भने दोहोरीले उफार्यो । तन्नेरीले भने फेरि सविनलाई नै खोजे ।
गुराँसको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया...
हङकङेली तन्नेरीलाई सविनको यो कण्ठै रहेछ । गायकसँगै दर्शकले पनि गाए । वाहवाहीले हौसिएका सविनले जाँदाजाँदै युवतीहरूका झुण्डतर्फ आँखा दौडाउँदै गाए, 'सुन्दरताको तिमी उदाहरण हौ...।'
Posted by Butwalonline
on 9:19 AM. Filed under
Entertainment,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response