|

शीर्ष नेताहरु र असन्तुष्ट सभासदहरुबीच छलफल हुँदै

१९ वैशाख काठमाडौं । संवैधानिक समितिको बैठक सुचारु गराउनेबारे शीर्ष नेताहरु र असन्तुष्ट चार सभासदबीच सोमबार छलफल हुँदैछ ।

िसंहदरवारस्थित सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा विहान ११ बजेपछि हुने छलफलमा असन्तुष्ट सभासदहरुको माग सम्वोधन गरी बैठक सुचारु गराउनेबारे छलफल हुने बुझिएको छ ।

सिमान्तकृत समुदायको अधिकार सुनिश्चित हुनु पर्ने माग राख्दै चैत १७ गतेदेखि संवैधानिक समितिको बैठक अवरुद्ध पार्दै आएका छन् । यसरी बैठक अवरुद्ध पार्नेमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान नेपा राष्ट्रिय पार्टीका बुद्धिरत्न मानन्धर संघिय लोकतान्त्रिक राष्ट्रिय माचकी रुक्मिणी चौधरी र स्वतन्त्र सभासद सदरुल मिया हक छन् ।

Source:onlinekhabar

Posted by Butwalonline on 8:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शीर्ष नेताहरु र असन्तुष्ट सभासदहरुबीच छलफल हुँदै"

Leave a reply