ब्राम्हण समाजद्वारा पश्चिमाञ्चल बन्द,एम्बुलेन्स तोडफोड
पोखरा, जेष्ठ ६ - सबै जातिको अधिकार सुनिश्चित गर्न र ब्राम्हण जातिलाई पनि आदीबासी सुचिकृत गर्न माग गर्दै ब्राम्हण समाजले शुक्रबार पश्चिमाञ्चल बन्द आव्हान गरेको छ । बन्दका कारण पश्चिमाञ्चालका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ ।
एम्बुलेन्स तोडफोड
पाल्पा- लुम्विनी मेडिकल कलेज प्रभास हिडेको एउटा एम्वुलेन्स ब्राम्हण समाजका कार्यकर्ताले शुक्रवार तोडफोड गरेका छन् । तोडफोडमा संलग्न तीन जना बन्दकर्तालाई प्रहरीले हिरासतमा लिएको छ । तानसेनबाट मेडिकल कलेज प्रभास हिडेको लु १ च ३२४४ नम्वरको एम्वुलेन्सलाई बन्दकर्ताले छोटो बाटोबाट उछिनेर फोडेका हुन् । १६ जना यात्रु बोकेर हिडेको एम्वुलेन्सलाई तानसेनको काजीपौवामा रोकेर फोडेको बन्दकर्ताले बताए ।
एम्वुलेन्सको नाममा यात्रु बोकेर हिडेको उनीहरुको आरोप छ । एम्वुलेन्सको अगाडिको हेडलाईट, साईडलाईट र सिसा फोडेको प्रहरीले जनाएको छ । प्रहरीले तोडफोडमा संलग्न रहेको भन्दै व्राम्हण समाजका कार्यकर्ताहरु शैलेन्द्र भट्टराई, कपिल न्यौपाने र कमल पराजुलीलाई हिरासतमा लिएको छ । बन्दकर्ताहरु हिरासतमा रहेका कार्यकर्ता छोड्न दबाब दिदै तानसेनमा नाराजुलुस भएको छ ।
म्याग्दीको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । सदरमुकाम लगाएत जिल्लाका सवै साना बजार, कलकारखाना, यातायात, शैक्षिक संस्थाहरु सवै पूर्ण रुपमा बन्द भए । यातायात बन्दहुंदा मुक्तिनाथ तीर्थ गएका आन्तरिक तथा भारतीय यात्रु एवं अन्नपूर्ण पदमार्गमा आएका पर्यटक प्रभावित भए । बन्दले जिल्लाभरका १६८ सामुदायिक र निजी विद्यालय बन्द हुंदा त्यहाँ अध्ययनरत ३५ हजार ६ सय ८६ विद्यार्थीको पठनपाठन अवरुद्ध भयो ।
गुल्मीमा बन्दका कारण विहानै देखि लामो तथा छोटो कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । कलकारखाना, पसल, शिक्षण संस्था सबै ठप्प छन् । बन्दकै कारण भारतीय राजदुतावासले बैशाख ४ गते देखि शुरु गरेको भारतीय पेन्सन क्याम्प समेत प्रभावित भएको छ ।
पाल्पा- जातीय आधारमा आरक्षणको व्यवस्था गरी ब्राम्हणलाई भेदभाव गरेको र जातीय आधारमा संघीयताको परिकल्पना गरिएको विरोधमा ब्राम्हण समाजले गरेको पश्चिमाञ्चल विकास क्षेत्र बन्दको पूर्ण प्रभाव पनि परेको छ । यातायातका साधन ठप्प छन् । बन्द आयोजक समाजले बिहानैदेखि चोक चोकमा नाराबाजी गरेका छन् । बन्द गराउन समाजका कार्यकर्ता बजार बजार डुलेका छन् ।
बुटवल आसपासको जीवन पुर्ण प्रभावीत भएको छ । यहाँका कलकारखाना , बजार , शैक्षिक सस्था , व्यापारीक प्रतिष्ठान सबै ठप्प छन् । बिहानैदेखि प्रद्धर्शनमा उत्रेका ब्राम्हण समाजका कार्यकर्ताका कारण राजमार्ग , मुख्य तथा भित्री सडकमा कुनै पनि सवारीका साधन चलेका छैनन् । बन्दकर्ताले कक्षा ११ को परीक्षा संचालन हुन दिएपनि सवारी चल्न नदिंदा विद्यार्थीहरुले सास्ती भोग्नु परेको छ ।
बन्दमा कान्तिपुरलाई अवरोध
ब्राम्हण समाजका केही युवाहरुले भरतपुरबाट पत्रिका बोकेर आएको कान्तपुरको गाडीलाई पोखराको अमरसिंहचोकमा अवरोध पुराएका छन् ।
हाम्रो समाचार नछाप्ने पत्रिकालाई छाडदैनौ भन्दै बन्द गराउन बसेका केही युवाले कान्तिपुरपुरको गाडीलाई अवरोध गरेका हुन ।
समाजको पश्चिमाञ्चल बन्दको क्रममा अघिल्लो दिन नै कन्तिपुरलाई निसाना बनाएर उनिहरुले पत्रिका वितरणमा अवरोध पुराउने योजना बनाएको सुत्रले बतायो ।
घटनाबारे थाहा पाएपछि ब्राम्हण समाजका पदाधिकारीले अवरोध हटाएर पत्रिकाको गाडीलाई छुटाएको थियो ।
बागलुङ- ब्राहृमण समाजले आयोजना गरेको बन्दको कारण बागलुङ लगायत धौलागिरी अञ्चलको जनजीवन प्रभावित भएको छ ।जातीय राज्यको विरुद्ध समाजले गरेको बन्दले यातायात, कलकारखाना, व्यपार ठप्प भएको हो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।समाजका सदस्यहरु विहानैदेखि नारावाजी गर्दै बजार बन्द गराउन हिडेपछि बजार पूर्ण ठप्प भएको हो । सवारी साधन नचल्दा सयौं यात्रुहरु अलपत्र अवस्थामा परेका छन् । बन्द सफल बनाउन समाजले विहिवार साँझ मसाल जुलुस समेत प्रर्दशन गरेको थियो ।
पर्वत जिल्लाको जनजीवन पनि बिहानै देखि प्रभावित बनेको छ । बन्दकाकारण धौलागिरी अञ्चलबाट चल्ने लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । समाजसंग आबद्ध कार्यकर्ताले बिहानैदेखि सडकमा निस्किएर प्रर्दशन गरीरहेका छन् । कार्यकर्ताले समाजको झण्डा बोकेर बजार पसल बन्द गराउंदै हिंडेका छन् ।
KantipurNews