मोस्ट वान्टेड’ नियन्त्रणमै हुँदा पनि प्रहरीले चिनेन
काठमाडौ,
आफ्नै हिरासतभित्र थुनिएकालाई नेपाल प्रहरी बाहिर खोज्दै भौंतारिन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर यस्तै भयो- पुस पहिलो साता त्रिचन्द्र क्याम्पसमा वीरेन्द्र रावलमाथि खुकुरी प्रहार गरेर फरार वीरेन्द्र गिरी १७ दिनदेखि काठमाडौं प्रहरी परिसरकै हिरासतमा छन् । तर नेपाल प्रहरीले उनलाई चिन्नसमेत सकेन । गुन्डागर्दीको अभियोगमा पक्राउ परेर सार्वजनिक अपराध ऐनमा थुनिएका गिरीलाई चिन्न नसक्ने प्रहरीको तर्क छ, 'परिचय बदलेपछि कसरी चिन्नु ?'
गत वैशाख ६ गते कपनमा प्रहरी गणको भवन निर्माणका लागि भएको टेन्डरमा समातिएका ५६ जनाको समूहमा गिरी पनि परेका हुन् । ज्यान मार्ने अभियोगपछि फरार रहेका उनलाई आफ्नै परिसरभित्र रहँदा पनि प्रहरीले चिन्न सकेन । आफ्नो नाम प्रेमराज जोशी भएको बताएकै भरमा उनले प्रहरीलाई छक्याउन सके ।
उता पुस ४ गते खुकुरी प्रहारबाट टाउको, हात र खुट्टामा चोट लागेका रावलको खुट्टाको स्थिति अहिले पनि ठीक छैन । पीडित परिवारले किटानी जाहेरी दिएपछि त्यतिबेला प्रहरीले 'मोस्ट वान्टेड' सूचीमा राखेर खोजी सुरु थालेको थियो । तर अहिले आफ्नै नियन्त्रणमा रहँदासमेत नेपाल प्रहरीले पत्तो पाउन सकेन ।
हिरासतमा रहेका ५६ जनालाई भेट्न जानेहरुले वीरेन्द्र गिरी हिरासतमा रहेको सूचना दिएपछि पीडित रावल र उनका अन्य साथी हनुमानढोका पुगेका थिए । 'एसपीलाई भेटेर गिरीको नाम भन्दा त्यो नामको थुनुवा छैन भन्नुभयो तर सार्वजनिक अपराधमा थुनिएका सबैलाई लाइन लगाएर बाहिर निकाल्दा अन्तिममा ऊ निस्किएको थियो,' पीडित गिरीले भने, 'मैले खुकुरी हान्ने उही हो भनेपछि मात्र प्रहरीले चिन्यो र सोधपुछ थाल्यो ।'
प्रहरीले त्यही दिन छाड्ने तयारी गरेको थियो । सरकारी वकिल कार्यालयमा मुद्दा र मान्छे लिएर जान लाग्दा काठमाडौं परिसरले गिरी 'अर्को मुद्दामा समेत फरार रहेकाले पुनः फर्काइदिन' वकिल कार्यालयलाई पत्रसहित पठाएको थियो । मुद्दा बुझाउने दिन परिचय माग्ने क्रममा गिरीले प्रेमराज जोशी नाममा फोटो नभएको परिचयपत्र पेस गरेका थिए ।
काठमाडौं परिसरका एसपी केदार रिजालले गिरीले परिचय फेरेका कारण पहिचान गर्न कठिन भएको बताए । उनले गिरीमाथि ज्यान मार्ने उद्योगमा म्याद थप गरेर अनुसन्धान सुरु गरिने बताए । उक्त घटनामा भीम गुरुङ र अर्का एक पनि फरार छन् ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने, 'पीडितले चासो नदेखाएका भए फरार व्यक्ति हिरासतमा बसेर पुनः फरार हुन्थे ।' ती अधिकृतका अनुसार प्रहरीले परिचय खुलाउन नसक्दा धेरै अपराधीले उन्मुक्ति पाउने गरेपछि प्रहरी प्रधान कार्यालयले पक्राउ परेकाको सक्कली परिचयपत्र नागरिकतालगायत अन्य प्रमाण खुल्ने परिचयपत्र हेर्न निर्देशन दिए पनि त्यो कार्यान्वयन भएको छैन ।
Kantipur news