हावाहुरीले लडाकु शिविर उडायो
५ जेठ, नवलपरासी । बुधबार राति आएको हावाहुरीका कारण नवलपरासीको झ्याल्टुङडाँडास्थित माओवादी लडाकुको चौथो डिभिजन मुख्यालयसहित सहायक शिविरका करिब एकदर्जन घर टहरा भत्किएका छन् ।
मुख्यालयका सहायक कमाण्डर कुलबहादुर नाथ ‘महान’ले झ्याल्टुङडाँडास्थित मुख्य शिविरमा पाँच, हात्तीखोर सहायक शिविरका चार र रुपन्देहीको सैनामैनास्थित अर्को सहायक शिविरमा पाँचवटा घरटहरा भत्किएको जानकारी दिए ।
लडाकु शिविरका बिजुलीबत्ती र टेलिफोन सेवासमेत अवरुद्ध भएको मुख्यलयले जनाएको छ ।
Onlinekhabar