टुँडिखेलमा सभासदको श्राद्ध
‘….यते सदस्य, अलमल गोत्र भवति, एक उत्तर तश्चत संख्यात संविधानसभा सदा साईज्य मुक्ति भवति । तत् संविधानसभा सदा सदस्य स्य संविधानसभा भवने मुक्तयार्थम ईदम् बाषिर्क श्राद्ध अहम् गरियस्से…………..’
टुँडिखेलको बीच चौरमा पुरेत मन्त्र भट्टयाउँदैछन् । वरपर रमितेहरुको भिड छ । कपाल खौरिएका, एकसरो धोती लगाएका बर्दियाका राकेशकुमार शर्मा कुशपानी लिएर हात जोड्दैछन् । अघिल्तिर सभासदहरुको फोटो भएको ठूलो ब्यानर छ ।
कुश, जौतिल, थाली, फूलअक्षता, चामल, दाल, तरकारी लगायत श्राद्धमा चाहिने सबै सामग्री अघिल्तिर राखेर शर्मा विधिपूर्वक श्राद्ध गरिरहेका छन् । झण्डै आधी घण्टा लगाएर श्राद्ध सकिएपछि शर्माले भने – ‘अब संविधानसभा भवन लगेर पिण्ड सेलाउँछु । यो पिण्ड पनि तिनै सभासदले बाँडीचुँडी खाऊन् ।’ निशेधित क्षेत्र भन्दा बाहिरै लगेर पिण्ड सेलाउने उनले बताएका छन् ।
समयमा संविधान नबनेको र दलहरुले जनभावना अनुसार काम नगरेको भन्दै रोचक रोचक बिरोध प्रदर्शन गर्ने क्रममा बर्दियाका शर्माले यस्तो तरीका अपनाएका हुन् । यसअघि पनि उनले ६ पटक सभासदको श्राद्ध गरिसकेका छन् ।
संविधासभाभवन, पोखरा र बुटवलमा श्राद्ध गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । यसपटक चाहिं टुंडिखेलमा कार्यक्रम गरेको र सबै प्रहरीको ध्यान संविधासभा भवन आसपासमा केन्दि्रत भएकाले उनी पक्राउ परेनन् ।
पण्डितलाई ३ सय ५० रुपैंया
श्राद्ध गरे बापत पण्डितलाई ३ सय ५० रुपैंया दिएको उनले बताए । विधिपूर्वक श्राद्ध गरेकाले सबै खर्च आफैंले व्यहोरेको शर्माको भनाई छ । दियो, कलश, जौ, तील, दाल, तरकारी, चामल चाहिं उनले घरबाटै ल्याएका छन् ।
हरेक पटक श्राद्ध गर्दा उनले कपाल खौरने गरेका छन् । टुपी छाम्दै उनले भने – ‘दुईवर्ष काम भ्याउने वाचा गरेर गएका सभासदले केही गरेनन्, तिनको श्राद्ध नगरेर के गर्नु ?’