यसरी थपियो संविधान सभाको म्याद
काठमाडौँ, जेठ १५ (नागरिक)- संविधान सभाको म्याद थप्न यस पटक दलहरुले निकै कसरत गर्नुपर्यो। बिहान ८ बजेका लागि डाकिएको संसद बैठक १५ घण्टा १५ मिनेट ढिलो मात्रै बस्न सक्यो। त्यसपछि १५ मिनेटका लागि भनेर स्थगित भएको बैठक जेठ १५ को बिहानीमा मात्रै बस्न सक्यो। दिनभर र रातभर के के भए, आउनुस् हेरौँ।
बिहान ८:०० बजे
व्यवस्थापिका संसद् बैठक डाकिए पनि संविधानसभा भवनमा पातलो संख्यामा सभासद।
बिहान १०:०० बजे
राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालको भेट।
बिहान ११:०० बजे
कांग्रेस संसदीय दल र केन्द्रीय समिति बैठकद्वारा अडानमै कायम रहने निर्णय।
बिहान ११:०० बजे
माओवादी स्थायी समिति बैठकले हतियार सरकारलाई नबुझाउने निर्णय। लडाकु समायोजन कार्यतालिका तयार।
बिहान ११:०० बजे
म्याद थप्न पहल जारी राख्ने निर्णयसहित एमाले स्थायी समिति सम्पन्न।
दिउँसो ३:०० बजे
संविधानसभा भवनमा प्रमुख तीन दलका नेताको बैठक।
दिउँसो ४:०० बजे
माओवादीद्वारा लडाकु समायोजन कार्यतालिकामा प्रस्ताव। त्यही कार्यतालिकामाथि तीन दलको बैठकमा छलफल।
साँझ ५:०० बजे
माओवादी र मधेसवादी नेताबीच बैठक।
साँझ ७:१५ बजे
कांग्रेस र मधेसी मोर्चाबीच छलफल सुरु।
साँझ ८:३० बजे
प्रमुख तीन दलको बैठक सुरु।
साँझ १० बजे
मधेसी मोर्चाद्वारा तीन ठूला दलले आफ्नो माग सम्बोधन नगरी म्याद थपको निर्णय गरे बैठक बहिष्कार गर्ने चेतावनी।
राति ११:१५ बजे
म्याद थपका लागि बिहान ८ बजे डाकिएको व्यवस्थापिका संसद्को बैठक बल्ल सुरु।
राति ११:२० बजे
राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङद्वारा संविधान संशोधनमा विरोध प्रस्ताव दर्ता।
राति ११:३० बजे
विरोध प्रस्ताव बहुमतद्वारा अस्वीकृत।
राति ११:४०
कानुनमन्त्री प्रभु साहद्वारा अन्तरिम संविधानको नवौं संशोधन विधेयक प्रस्तुत।
राति ११:४५ बजे
व्यवस्थापिका संसद् बैठक ‘१५ मिनेटका लागि' स्थगित। तीन प्रमुख दलबीच संविधानसभा म्याद थप्न सहमति। ड्राफ्ट तयार हुँदै।
राति १:३०
प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमतिका लागि संविधानसभा भवनमा बैठक सुरु।
राति ३:००
तीन दल र मधेसी मोर्चाबीच संविधानसभाको म्याद तीन महिना थप्ने सहमति।
बिहान ५: ३०
संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको सभामुखको घोषणा।
NagarikNews
