भेटवार्ता तीब्र, बालुवाटारको बैठक जारी
काठमाडौं, जेठ १२ (नागरिक)- प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उच्चस्तरीय बैठक चलिरहेको छ। यो बैठक मध्याह्न १२:१५ बजे प्रारम्भ भएको थियो। यसैगरी तमलोपाका अध्यक्ष महेन्द्र राय र प्रधान मन्त्रीबीच पनि भेटवार्ता भएको छ। त्यसैगरी आजै राष्ट्रपतिले प्रधान मन्त्री, माओवादी अध्यक्ष र कङ्ग्रेस सभापतिसँग भेट गरे। उक्त बैठकमा प्रधान मन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र केन्द्रीय सदस्य भीम रावल सहभागी छन्। यस्तै, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र उपाध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष नेपाली कङ्ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत र डा. मीनेन्द्र रिजालले बैठकमा भाग लिइरहेका छन्।
प्रमुख तीन दलबीच शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याई संविधान सभाको म्याद थप गर्नेबारेमा राष्ट्रिय सहमति जुटाउने प्रयत्नबारे गम्भीर छलफल भइरहेको छ। यस बैठकले तीन दलबीच सहमति निर्माण गर्ने अपेक्षा गरिएको छ।
हिजो गोकर्ण रिसोर्टमा तीन पार्टीका ३२ जना नेताहरुबीच भएको द्वीपक्षीय र त्रिपक्षीय भेटवार्तापछि शीर्ष नेताहरुसहितको आजको उच्चस्तरीय बैठक गर्ने कुरा तय भएको सर्वबिदितै छ।
प्रधान मन्त्रीसँग आजै बालुवाटारमा तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताहरुले भेटवार्ता गरे। १०:२५ बजे भएको उक्त भेटका क्रममा संविधान सभाको म्याद थप गर्न शान्ति प्रक्रियालाई निश्चित उचाई प्रदान गर्नुपर्नेबारेमा विचार विमर्श भएको छ।
आजै राष्ट्रपति डा. रामवरण यादवसँग प्रधान मन्त्री झलनाथ खनाल एवम् अन्य दुई प्रमुख पार्टी एकीकृत माओवादी र नेपाली कङ्ग्रेसका प्रमुख नेताहरु पुष्पकमल दाहाल र सुशील कोइरालाले बिहान ९:०० बजे शीतल निवासमा भेटवार्ता गरेका थिए। सवाघण्टा लामो उक्त भेटवार्ताका क्रममा शान्ति प्रक्रियालाई सहमतिमा टुङ्ग्याएर संविधान सभाको म्याद थप गर्नेबारेमा पनि छलफल भएको थियो।
नागरिक