मोबाइलमा ट्रान्सलेसन
गुगलले एउटा नयाँ मोबाइल फोन एप्लिकेसन सुरु गरेको छ, जसको सहयोगबाट प्रयोगकर्ताले तुरुन्त एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न सक्छन्। गुगल ट्रान्सलेटले आफ्नो अपरेटिङ सिस्टममा यस्तो जुक्ति प्रयोग गर्न सक्छ, जसका कारण अंग्रेजीलाई-स्पेनिसमा र स्पेनिसलाई-अंग्रेजीमा अनुवाद गर्न सहज हुन्छ। यसका लागि प्रयोगकर्ताले एउटा कि थिच्नुपर्छअनि त्यसपछि अनुवाद हुन थाल्छ। गुगलले अबको डेढ वर्षभित्रमा यो सेवा प्रदान गर्ने जनाएको छ। गुगलले त्यसका लागि गुगल ट्रान्सलेटलाई-सर्वप्रथम प्रयोगकर्ताको भाषालाई-रेकर्ड गरेर कम्पनीको सर्भरमा पठाउँछ त्यहाँबाट परिवर्तित भाषा प्रयोगकर्ताले पाउँछ। यसको पहिलो सेवामा भने स्पेनिस र अंग्रेजी भाषा प्रयोग गर्न लागिएको छ भने अन्य भाषामा पनि ट्रान्सलेट गर्ने सुविधा उपलब्ध गराउने जमर्को भैरहेको गुगलले बताएको छ।Saptahik

