प्रधानमन्त्री-प्रचण्ड भेट्दै
२१ चैत, काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले सरकार बिस्तारका बिषयमा आज अन्तरिक तथा दुई पक्षिय छलफल गर्दैहुनुहुन्छ । यसैक्रममा प्रधानमन्त्री खनाल र माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज भेटबार्ता हुने भएको छ ।
छलफल सरकार बिस्तारमा भईरहेको ढिलाई र गृहमन्त्रालयको कसले लिनेलगायतका बिषयमा छलफलहुने छ । दुई दलभित्रको बिबादका कारण खनाल नेतृत्वको सरकारले २ महिना नाघी सक्दा समेत पूर्णता पाउन सकेको छैन ।
यसैबीच प्रधानमन्त्री खनाल आज पनि बिभिन्न कार्यक्रममा ब्यस्त रहनु हुने भएको छ । ससदीय दलको बैठकमा सहभागी हुन दिउसो साढे १ बजे सिहदरबार पुग्नु हुने प्रधानमन्त्री खनाल त्यसलगत्तै व्यवस्थापीका संसदको बैठक, नेपाल चेम्बर्स अफ कर्मशको बार्षिक साधारणसभा र बुद्धिजिवी परिषदको दुई दिने राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा सहभागी हुनु हुने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।
Source:Onlinekhabar