पश्चिम नेपालमा शक्तिशाली भूकम्प
२१ चैत्र, काठमाडौं । पश्चिम नेपालमा सोमबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । दार्चुलाको छापि्र आसापस केन्द्रविन्दु भएर बेलुकी ५ बजेर १६ मिनेट जाँदा ५ दशमल ७ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का बाँके, बर्दिया लगायतका जिल्लाका साथै गोर्खामा पनि महसुस भएको थियो । भुकम्पबाट दर्जनौं ठाउँमा पहिरो गएको बताइएको छ । तर भूकम्पबाट भएको क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन ।
भूकम्पको धक्का भारतको राजधानी दिल्ली लगायतका क्षेत्रमा पनि महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Source:Onlinekhabar