‘सेक्स बिना जीवन असम्भव’
पछिल्लो समय नेपाली चलचित्रमा नायिकाहरुबीच प्रतिस्पर्धा निकै बढेको छ । मुलत नयाँ पुस्ताका नायिकाहरु ग्लामरता र अँग प्रदर्शनमा निकै खुल्न थालेका छन् । यो दौडमा नायिका शुभेच्छा थापा पनि पछि परेकी छैनन् ।
सह नायिकाको रुपमा सारी लगाएर नेपाली चलचित्रमा उनको प्रबेश भएको थियो । तर आजकाल उनी रेखा थापा जस्तै मिनी स्कर्टमा उत्रन थालेकी छिन् । कारण बारे उनी भन्छिन्,’ शुभच्छा थापा भनेको सारीमा उत्रने पुरानो ढँगकी नायिका हुन भनेर निकै आरोप खेप्नु पर्यो । म पनि अरु भन्दा ग्लामरता र सुन्दरतामा कम छैन भने प्रस्ट्याउन मोर्डन ड्रेसमा प्रस्तुत हुन थालेकी हुँ ।’
रँगञ्चबाट भएको हो शुभेच्छाको अभियन थालनी । बढोत्तरी हुने क्रममा सानो पर्दा हुँदै उनले ठुलो पर्दाको फड्को मारिन् । चलचित्र धु्रबतारामा उनले पहिलो पटक नायिकाको भूमिका निर्वाह गरेको आधा दशक मात्र भयो तर यो अबधिमा उनले एक दर्शन भन्दा बढी नेपाली र दुई भोजपुरी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

चलचित्र बोक्सीमा एक बिबश आमाको रुप होस या चलचित्र आँधी तुफानमा निर्वाह गरेको क्रुद्ध र अपराधी खलनायिकाको भूमिका होस् । दुबै प्रकारका भूमिकामा उनी खरो उत्रिईन् । अझ बोक्सीबाट त उनले गत वर्ष उत्कृष्ट अभिनेत्रीको डि सिने अवार्ड समेत प्राप्त गरिन् । बाल्यकाल देखि नै नाटकमा अभियन सुरु गरकाले शुभेच्छाको अभिनय धरातल निकै दहि्रलो छ ।
यी अभिनेत्रीले क्रोध, अग्निज्वाला, कन्यादान, रक्षक, मृत्युदण्ड, बदमाश, प्रहार, डेस्टिनेशन काठमाडौं जस्ता थुप्रै चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् । तथापि आफु नयाँ फिल्म ‘को हो म’को कामबाट बढी सन्तुष्ट छु भन्छिन् ।
चलचित्रमा नै आफ्नो करिअर बनाउन लागि परेकी यी अभिनेत्री पछिल्लो समय निर्माणमा समेत लागेकी छिन् । हालै उनले चलचित्र को हो म निर्माण गरिन् । सो चलचित्र तीन महिना पछि दर्शकमाझ आउने उनको कथन छ,’ आगामी बैशाखको अन्तिम साताबाट नयाँ चलचित्र ‘मिस नेपाल’को निर्माण सुरु गर्छु ।’ आफ्नो नयाँ प्रोजेक्ट बारे उनले भनिन् ।
नेपाली सिनेमामा टिक्क आफ्नो सर्वस्व सुम्पने अभिनेत्री पनि यहाँ भएको शुभेच्छाले पनि सुनेकी छिन्,’ बोकेको कुकुरले शिकार गर्दैन भनेझैं अभिनयले भन्दा आफ्नो सुन्दरतालाई बेचेर यो क्षेत्रमा टिक्न चाहनेहरु लामो समय टिक्न सक्दैनन् ।’ शुभेच्छाले व्याङग्य कस्दै भनिन् ।
हुन त उनी ‘सेक्स’लाई ठुलो कुरा मान्दिनन् । सुन्दर सृष्टीको लागि भगवानले दिएको सेक्सको दूरुपयोग गर्नु हुन्न भन्ने उनको कथन छ । सिनेमाको लागि सम्झौता न गर्ने पनि उनले प्रस्ट पारिन् ।
यसो भन्दैमा सेक्सलाई उनी नराम्रो मान्दिनन्,’सेक्स प्रकृतिले सृष्टीको दिएको अपरिहार्य बस्तु हो ।सेक्स बिना सृष्टीको निरन्तरता र जीवन सम्भव छैन र अर्को भाषामा भन्नु पर्दा सेक्स नै जीवन हो ।’ जीवनसँग जोडीएर सेक्स आउँछ र सेक्सबाटै जीवन सुरु हुन्छ भन्ने कथन यी अभिनेत्रीको छ ।
‘ तथापि यौवनको बसमा पारेर यो क्षेत्रमा टिकिन्छ भन्नु गलत हो । अहिले जति पनि नायिकाहरु सफल भएका छन्, उनीहरु अभियन र मेहनतले यो क्षेत्रमा टिकेको हुन् ।’ यो क्षेत्रमा आउँदै गरेका युवतीहरुको लागि उनको सुझाब हो यो ।
नेपाली चलचित्रमा प्रतिस्पर्धा बढेकोमा शुभेच्छा खुसी छिन्,’तर मेरो प्रतिस्धर्पा मसँगै छ । म आफुलाई बिगतको फिल्म भन्दा नयाँ फिल्ममा अफ राम्ररी प्रस्तुत गर्नमा कटिबद्ध हुने गरेकी छु ।’ उनले भनिन् ।
पछिल्लो समय नेपाली सिनेमाका नायिकाहरु चलचित्र निर्माणमा जुटेका छन् । आफुले जानेको पेशा सिनेमा भएको र सँधै अभिनयबाट मात्र यो क्षेत्रमा गुजार चल्न गाह्रो पर्ने भएकाले ब्यबसायको रुपमा चलचित्र निर्माणमा उत्रिएको पनि शुभेच्छाले प्रस्ट पारिन् ।
Source:onlinekhabar