बम विस्फोटमा परि चार जनाको मृत्यु
१९ चैत्र, काठमाडौं । डोल्पा र हुम्लामा भएका बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ । डोल्पा सदरमुकाम दुनई-५ मेलसराका अक्कलबहादुर शाहीको घरमा विहान विस्फोट हुंदा आमा छोरीको मृत्यु भएको छ ।
मेअलसरास्थित अक्कलबहादुर शाहीको घरमा विहान साढे सात बजेतिर भएको विस्फोटमा परि २७ वषर्ीया चादनी चन्दको घटनास्थलमै मृत्यु भएको हो ।
विस्फोटमा परि गम्भिर घाइते आमा गौरी शाहीको उपचारका क्रममा सदरमुकामस्थित अस्पतालमा मृत्यु भएको इनिस्पेक्टर विनीमहादेव पौडेलले जानकारी दिनुभयो ।
विस्फोटबाट घर ध्वस्त भएको छ । थप बम राखेको हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । विस्फोटको कारण्ँ खुल्न सकेको छैन ।
यस्तै हुम्लाको सदरमुकाम सिमकोट देखि ७ कोष पश्चिम ठेहे गाविसको मानेचौरमा वेवारिसे वम पड्किदा दुई बालबालिकाको मृत्यु भएको छ ।
शुक्रबार भएको विस्फोटमा चक्रबहादुर बोहराकी ७ वषर्ीया छोरी रस्मीता र कर्ण बोहराका ८ वषर्ीय छोरा मानबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Source:Onlinekhabar
