मानिसमा यौनेच्छा किन हुन्छ ?
मानिसमा यौनेच्छा किन हुन्छ ?यौन चाहना हामीलाई प्रकृतिले दिएको एउटा विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि पनि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । मस्तिष्कको hypothalamus भनिने सानो अंगले प्राणीमा यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न गर्छ भने अर्को अङ्ग Cerebral Cortex ले हामीले सिकेका कुरा तथा अनुभवलाई अभिलेख राख्ने कार्य गर्छ । यौन संवेदनशीलतासम्बन्धी कुरा पनि यही भागबाट संचालित हुन्छन् । यौनइच्छालाई प्रभावित गर्ने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलाप निर्देशित हुन्छन् ।
गहिरिएर हेर्ने हो भने यौनसम्बन्धी सबैजसो सन्देशलाई सञ्चालन गर्ने अङ्ग नै मस्तिष्क हो । यौन परिकल्पना, भावना तथा सोच विशेष गरेर मस्तिष्कबाटै प्रस्फुटन हुन्छ । यौनअङ्ग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमै एकीकृत हुन्छन् तथा त्यहींबाट बुझिन्छन् र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र पूरा हुँदैन । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौन अङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ ।
यौनसम्पर्क होस् वा अन्य यौन क्रियाकलाप, ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । यौन उत्तेजनाको सुरु वातदेखि त्यसको अन्त्यसम्मलाई हेर्दा एउटा निश्चित प्रकारले हाम्रो शरीरमा केही परिवर्तन भएको देखिन्छ । यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रयालाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ ।
किन यौनसम्पर्क बन्द गर्न चाहनुभएको ?
तपाईंले किन यौनसम्पर्क राख्न बन्द गर्न चाहनुभएको हो, थाहा भएन । तपाईंकी श्रीमती
अहिले हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा पनि पत्रमा उल्लेख छैन । कारण थाहा नभै यसै केही भन्न सकिने स्थिति हुँदैन ।
कसैमा यौनेच्छा नै नहुन सक्छ, त्यस्तो स्थितिमा यौनसम्पर्क नराख्नुलाई Inhibited Sexual Desire भनिन्छ भने यदि कोही भयका कारणले यौ नसम्पर्कमा संलग्न हुँदैन भने त्यसलाई Sexual Aversion भनिन्छ । त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै— चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदिका कारण पनि यौनसम्पर्कप्रति अनिच्छा उत्पन्न हुनसक्छ । यदि त्यस्तो हो भने तपाईंलाई नै यस विषयमा सबैभन्दा बढी थाहा हुने भएकाले त्यसैअनुसार समाधानको बाटो खोज्नुपर्ने हुन्छ । अर्को कुरा आध्यात्मिक लगाव बढ्दा ब्रह्मचर्य पालना गर्ने चाहना भएकाले पनि यो प्रश्नको जवाफ खोज्नुभएको हुनसक्छ ।
श्रीमतीको यौन चाहनाको परिपूर्ति
विवाह दुई व्यक्ति र कतिपय स्थितिमा दुई परिवारबीचको सम्झौता हो । तपाईंले नलेख्नुभए पनि तपाईंकी श्रीमती साथै हुनुहुन्छ भन्ने अनुमानका आधारमा यहाँ उत्तर दिने प्रयास गरेको छु । तपाईंकी श्रीमतीसँग यस विषयमा विस्तृत रूपमा कुराकानी भएको छ कि छैन थाहा भएन । कुराकानी भएको भए पनि उहाँले कत्तिको सहज रूपमा लिनु भएको छ, त्यो कुरा पनि महत्वपूर्ण हुन्छ । अपेक्षा फरक परे घरमा तनाव हुने स्थिति रहन्छ । सन्तान भएको स्थितिमा तपाईंको पारिवारिक दायित्व के-कस्तो हुनेछ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
तपाईंले आफ्नो चाहनाअनुरूप यौनसम्पर्क राख्न छोड्नुभयो भने श्रीमतीको यौनचाहना कसरी पूरा गर्ने भन्ने कुरा महत्वपूर्ण रूपमा अगाडि आउँछ । मानौं उहाँले कुनै अन्य विकल्प अपनाउन चाहनुभयो भने तपाईं कत्तिको उदार हुन सक्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
ब्रह्मचर्यको पालना
पहिले विवाह नगर्नुलाई ब्रह्मचर्य मानिन्थ्यो तर कतिले ब्रह्मचर्यलाई यौनसम्पर्कको अनुभव नहुनुका रूपमा परिभाषित गरेका छन् । यौनसम्पर्क नराख्नुको अर्थ 'अयौनिक' अर्थात् 'असेक्सुअल' (asexual) भने पक्कै होइन । ब्रह्मचर्य यौनसम्पर्कबाट आफूलाई परहेज राख्ने कुरामा मात्र सीमित छैन । ब्रह्मचर्य ईश्वरीय शब्द हो, यो ब्रह्म अर्थात् देवत्व प्राप्त गर्ने आचार हो । यो अविवाहित बस्नु वा यौनसम्पर्क नराख्नुमा सीमित छैन । ब्रह्मचर्य, यौनसम्बन्धी विचार एवं यौनेच्छादेखि पूर्ण मुक्ति प्राप्त भएको स्थिति हो । पूर्वीय समाजमा ब्रह्मचर्यलाई निकै आदर गरिएको पाइन्छ । यसको एक पक्ष यसो गर्न निकै गाह्रो हुने भएर पनि हुनसक्छ । साधकले मात्र गर्न सक्छन् । यौनसम्पर्कको परहेज विभिन्न व्यक्तिले आ-आफ्नै कारणले गर्ने भए पनि धार्मिक वा नैतिक कारणले गर्छन् ।
महत्त्वपूर्ण कुरा के हो भने कुनै पनि सुसूचित व्यक्तिलाई अन्य व्यक्तिको यौन तथा सामाजिक जीवनमा असजिलो नपारी आफ्नो यौन जीवन इच्छाअनुसार यापन गर्न पाउने अधिकार छ । यसमा कसैले अस्वाभाविक मान्नु पर्ने कुरा हुँदैन । यो व्यक्तिगत रोजाइको कुरा पनि हो । ब्रह्मचर्य स्वेच्छाले छनौट गरिएको यौनजीवन हो भने व्यक्तिमा त्यसको सकारात्मक प्रभाव हुन्छ । मानव आवश्यकताको माथिल्लो श्रेणीमा पुगिसकेका कतिपय व्यक्तिका लागि यौनसम्बन्धी क्रियाकलापमा सक्रिय नहुँदा पनि कुनै असजिलो नहुने र कुनै कुराको अभाव अनुभव नहुने कुरा उल्लेख छ ।
निम्न कुराले तपाईंलाई ब्रह्मचर्य पालनामा सहयोग गर्न सक्छ । सर्वप्रथम त ब्रह्मचर्य पालन गरिरहेका वा अरूलाई सहयोग गर्न सिकाउन सक्ने 'गुरु' खोज्ने र उसको निर्देशनमा अघि बढ्ने । यौनसम्बन्धी कुरा प्रति आकर्षण हुने कुरालाई न्यून गर्ने वा परहेज गर्ने । यौनेच्छा भए त्यहाँबाट ध्यान अन्यत्र लान 'मन्त्र' जप्ने वा अन्य उपाय गर्ने । आफ्नो रुचिको विषयमा लाग्ने वा ध्यान तथा योगको सहयोग लिने । मनमा आएका भावना, विचार, गाह्रोपन अनि हासिल गरेको सफलताका कुरा टिप्दै जाने र प्रगति हेर्ने तथा आवश्यताअनुसार कमीहरूमा सुधार गर्दै जाने ।
Source:saptahik