|

गजल

 सफल प्रेमी हुन्छौ  भने खुशी   दिएर हेर
 प्रेमको अर्थ बुझ्छौ भने आँशु  पिएर  हेर

धोका भएको अनुभुती  गर्छौ  भने  तिमी
आफुलाई उसको ठाँउमा राखी  जिएर हेर


कसैलाई बिश्वासघाती सोच्नु भन्दा पहिले
कस्तो हुन्छ बिश्वासघात आँफै खिएर हेर


रक्सी भट्टि पसेकोमा गुनासो भो तिम्लाई
कस्तो हुन्छ यस्को स्वाद आँफै लिएर हेर


तिम्रा बचनले गर्दा नै फुटेको यो मुटुलाई
सक्छौ भने फेरि त्यही मायाले सिएर हेर


सफल   प्रेमी हुन्छौ भने   खुशी  दिएर  हेर
प्रेमको अर्थ बुझ्छौ भने   आँशु  पिएर  हेर

लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल 

Posted by Butwalonline on 1:18 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply