|

विबाहको नतिजा त राम्रै भयो, एसएलसीको नतिजा कस्तो हुने हो ?


प्रेम सुनार,गुल्मी ७ चैत -गुल्मीको अर्जै उच्च माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा एक छात्राले एक दिनको शिशु काखमा लिएर एसएलसी परीक्षामा सहभागी हुनभएको छ ।

मंगलबार साझ सुत्केरी भएकी अमरपुर ३ घर भई ओमप्रसाद गौतम उच्च माध्यामिक बिद्यालय अमरपुरकी नियमित विद्यार्थी बसन्त चुादाली अर्यालले आज छैठौं दिनको परिक्षामा सहभागी हुनुभएको हो ।

अमरपुर ३ घर भई ओमप्रसाद गौतम उच्च माध्यामिक बिद्यालय अमरपुरकी नियमित विद्यार्थी  अर्यालले हिजो सााझ ६ बजे जन्माउनुभएको उहाकी जेठानी दिदी शारदा अर्यालले बताउनुभयो । हिजो सामाजिक विषयको परिक्षा दिदा दिदै सुत्केरी व्यथाले च्यापेर परीक्षा दिदा दिदै अस्पत्ताल पुगेकी चुदाली हिजो सााझ ६ बजे सुत्केरी हुनुभएको थियो ।अध्ययनमा तिक्ष्ण रहेकी बसन्तले सुत्केरी भएपनि परीक्षा विगार्न नहुने भन्दै परीक्षा दिन आएकी विद्यालयका प्राचार्य बालकृष्ण गौतमले बताउनुभयो ।

परीक्षाकेन्द्रंको न्यानो र सुरक्षित ठाउामा उनलाइृ परीक्षा दिने ब्याबस्था मिलाईएको केन्द्राध्यक्ष हरी बहादुर कार्कीले बताउनुभयो । चुादाली दिदी शारदा भण्डारी अर्यालका साथमा परिक्षा दिन आएको परिक्षा केन्द्रले जनाएको छ । उहााका श्रीमान कृष्ण प्रसाद अर्याल कतारमा रहनुभएको छ । २ वर्ष अघि १५ वर्षको उमेरमा विवहा भएको चुादालीको  माईती अर्घाखााची धनाचौर गाविसमा पर्दछ ।
परीक्षाको बेला जन्मिएकोले उहााले छोरीको नाम परीक्षा राख्नुभएको छ ।

तस्विर : विबाहको नतिजा त राम्रै भयो, एसएलसीको नतिजा कस्तो हुने हो ?  : परीक्षा दिनुपूर्व परीक्षाकेन्द्रमा केन्द्राध्यक्ष हरी बहादुर कार्की र जेठानी दिदी शारदा अर्याल संग छोरी परीक्षालाई काखमा लिएर फोटो खिचाउादै सुत्केरी परीक्षार्थी बसन्त चुादाली अर्याल । साथमा अन्य







Posted by Butwalonline on 2:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विबाहको नतिजा त राम्रै भयो, एसएलसीको नतिजा कस्तो हुने हो ?"

Leave a reply