लुम्बिनीस्थित कुण्डमा रहेका कछुबाको अस्तित्ब खतरामा
किरणमान बज्राचार्य,कपिलवस्तु, चैत ८ -लुम्बिनी स्थित महारानी मायादेबी नुहाएको पबित्र कुण्डमा रहेको कछुबाको अस्तित्व खतरामा परेको छ । राम्रो आहार बिहार नपाउदा कछुबाको अस्तित्ब संकटमा परेको हो । कछुलाई जीबनयापन गर्न समेत निक्कै समस्या रहेको बिज्ञहरुले बताएका छन्
ऐतिहासिक महत्ब राख्ने पोखरीमा रहेका कछुबालाई खानपिन र ब्रिडिङ्ग (प्रजनन्)का लागि समस्या भईरहेको सर्प तथा कछुबा बिषेशज्ञ प्रा. डा. करणबहादुर शाहले बताउनु भयो । पटक पटक लुम्बिनी भ्रमणमा जादा कछुबालाई दयनिय अबस्था देखेको भन्दै लुम्बिनी बिकास कोषका मायादेबी मन्दिरमा बस्ने सुरक्षा गार्डलाई कछुबाको राम्रो हेरचाहका लागि आग्रह गरेको उहाँले बताउनु भयो । पटक पटक त्यहा जादा त्यस्तै हबिगत देखे पछि निरास हुदै फर्किने गरेको उहाँले गुनसो गुर्न भयो । उहाँले संबन्धित ठाउमा धेरै प्रतिबेदन पनि दिदा कुनै सुनबाई नभएको दुखेसो पोख्नु भयो ।
पुर्ब पश्चिम करिब २५ मिटर र उत्तर दक्षिण पनि करिब २५ लम्बाई चौडाई रहेको पोखरीमा ६० बढी कुछबा रहेको छ । पोखरी ६ मिटर बढी गहिरो छ । थोटरी, सेबई र कटैया लगायत ६ बढी प्रजातिका कुछुबा पोखरीमा रहेका छन् । त्यहा दुई तीन किलो तौल सम्मका कछुबा छन् । लुम्बिनी बरिपरि भेटिए कछुबा पनि सर्बसाधारणले त्यही पोखरीमा लगेर राख्ने एक सुरक्षा गार्डले बताए । झारपात, सडेगलेका अन्नपात, मासुका ससाना टुक्रा र माछा कछुबाको आहारा हो । तर त्यहा कसैले कुनै आहारा राख्दैनन् । आहाराको समस्या त छर्दै छ, त्यस माथी कछुबालाई त्यहा ब्रिडिङ्ग (प्रजनन्)को समस्या छ । पानी बाहिर आएर ओभानोमा अण्डा पारेर कछुबाले बच्चा जन्माउने हुदा त्यहा त्यस्तो ठाउ नरहेको बरिष्ठ चरा बिषेशज्ञ डा. हेमसागर बरालले बताउनु भयो । छेउछाउमा बालुबा माटो भएको भए त्यहा उक्लेर अण्डा पारेर ब्रिडिङ्ग हुन्थ्यो तर त्यस्तो अबस्था नहुदा समस्या भएको बताईएको छ । कछुबा ओथारो नबसेर प्राकृतिक हिटबाट ५० देखि ९० दिन सम्म पछि बच्चा जन्मने गर्दछ । त्यस माथी मन्दिर र पोखरी हेर्न दैनिक आउने सयौं स्बदेशी बिदेशीको आबतजाबतले कछुबाले त्यहा असुरक्षित महसुस गरेका छन् । पोखरीमा नया समस्या आएको भन्दै यसलाई छिट्टै समाधान गर्ने तर्फ लाग्ने लुम्बिनी बिकास कोषका योजना प्रबन्धक तेम्बा शेर्पाले बताउनु भयो । उनले कछुबाको जीबनयापनलाई खासै ध्यान नदिएको स्विकार गर्नु भयो । पोखरीमा १० औं बर्ष देखि कछुबा रहेको छ । पोखरीमा ४÷५ किलो सम्मका २÷४ बटा माछा छन् जस्ले कछुबाका बच्चालाई आक्रमण गर्ने हुदा पनि कछुबालाई समस्या परिरहेको छ ।
बिश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीमा कछुबाको अस्तित्ब संकटमा पर्नुले राम्रो सन्देश नदिने हुदा कोष सचेत हुनु पर्ने स्थानीय बिकस अधिकारी रामप्रसाद पाण्डेको सुझवा छ । पोखरीमा तिब्बेतियन बौद्ध धर्माबलम्बीहरु आउदा कहिले काही जीबनदान दिनु पर्छ भन्दै ससाना माछा राख्ने गरेको कोषका प्रमुख पुरातत्बबिद् बसन्त बिडारीले बताउनु भयो । कछुबालाई प्रकृतिको कुचिकार र हिन्दु धर्माबलम्बीले भगबान ईन्द्रको बहान मान्ने हुदा संरक्षणमा लाग्नु पर्ने बताईएको छ । कछुबाले ताललाई फोहर पार्ने बस्तु खाएर सफा गर्ने हुदा प्रकृतिको कुचिकार भनिन्छ । मायादेबी माईत जादा प्रशब बेदना हुनु अघि उक्त पोखरीमा नुहाएकी थिईन् । त्यसै कारण पोखरीलाई पुष्करणी कुण्ड भन्ने गरिन्छ ।