|

भारतीय सुरक्षाकर्मीद्धारा बन्दक बनाईका दुई नेपाली रिहा

किरणमान बज्राचार्य,कपिलवस्तु, ८ चैत-भारतीय प्रहरीले २० दिन अघि बन्धक बनाएका दुई नेपाली बिहीवार रिहा भएका छन् ।सीमा क्षेत्र भारतको बलरामपुर जिल्लाको पचपडबा थानाको नियन्त्रणमा रहेका गणेशपुर गाबिस–७ गेडुबाजोतका ३० बर्षे चिन्कन पठान र २५ बर्षे रिजबान पठान रिहा भएका हुन् ।

दुबैलाई पचपेडबा थानाका एसओ बेचन प्रसाद यादबले ईप्रका गणेशपुरका निरिक्षक दिलबहादुर मल्ललाई हस्तान्तरण गर्न भएकबो थियो । निरिक्षक मल्ल गाँउका स्थानीय अगुवा सहीत दुर्बलाई लिन नेपाल प्रहरीकै गाडीमा पचपेडबा जानु भएको थियो । निरिक्षक मल्लसंग पठानका आफन्त समेत पचपेडबा गएका थिए ।

पचपेडाबाबाट ल्याईका पठानलाई गाउ पुगेर बाबु ओली पठानलाई जिम्मा लगाईएको निरिक्षक मल्लले बताउनु भयो ।दुई दिन अघि गैरकानुनी रुपमा भारतीय प्रहरीले नेपालीलाई नियन्त्रणमा लिईएको खबर संचार माध्यम मार्फत सार्बजनिक भए पछि नेपाल प्रहरी उनीहरुलाई छुटाउन निक्कै सक्रिय भएको थियो ।चिन्कन आफनी आमा मरेको ४५ दिने काम तिजाका लागि समान खरिद गर्न भारतको सिद्धार्थनगर जिल्लाको बढनी गएका बेला उनीहरुलाई पक्राउ गरिएको थियो । फागुन १८ मा पक्राउ परेका उनीहरुबारे भारतीय प्रहरीले परिबारलाई कुनै जानकारी नदिई २० दिन सम्म नियन्त्रणमा राखेका थिए ।

गणेशपुरको अरर्रा नदी पारी रहेको भारतीय जंगलका हेरालु अब्दुलगनी धोबीको हत्या आरोपमा भारतीय प्रहरीले उनीहरु पक्राउ गरेको बताईएको छ । हत्यामा सलग्न ३ नेपाली रहेको आरोप भारतीय प्रहरीले लगाएको छ । अहिले नियन्त्रणमा लिइएका नेपाली उक्त हत्यामा संलग्न नभएका कारण उनीहरुलाई छाडिएको भारतीय प्रहरी स्रोतले जनाएको छ । हत्याका आरोपीलाई पक्राउ गर्न दबाब दिन भारतीय प्रहरीले यी दुई नेपाली पक्राउ गरेका थिए । प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बलरामपुरका एसपी सोनियासंग समन्वय पछि उनीहरु रिहा भएको बताउनु भयो । दुबै जना घटनामा संल्गन नभए पनि भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको उहाले बताउनु भयो ।

पक्राउ परेका नेपालीबारे परिबारले जानकारी पाउन नसक्दा करिब ३ साता निक्कै तनाबमा थिए । हत्याका आरोपीलाई पक्राउ गरि आफुलाई दिन भारतीय प्रहरीले नेपाल प्रहरीलाइृ आग्ह गरेको छ ।

Posted by Butwalonline on 4:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय सुरक्षाकर्मीद्धारा बन्दक बनाईका दुई नेपाली रिहा"

Leave a reply