मोवाईल रिपेरिङ्ग आम्दानीको बलियो माध्यम
मुक्तिप्रसाद न्यौपाने,चैत २, पाल्पा-पैसा कमाउने आशमा विदेशिएर रित्तै हात फर्किएका र बेरोजगार युवाहरुमा मोवाईल मर्मत गर्ने काम पाल्पामा निकै लोकप्रिय बनेको छ ।
पाल्पामा पछिल्लो समय पाल्पाको सदरमुकाम तानसेनमा डेरा गरेर मोबाईल मर्मत तालिम सिकेर करिब १ सय जना युवाहरु आत्मनिर्भर भएका छन् । गाउा गाउाबाट तानसेनमा आएर मोबाईल मर्मत सिकेर धेरै रिपेरिङ्ग सेन्टरहरु खुलेको गैरे मोबाईल ट्रेनिङ्ग इन्टिच्यूडका प्रोप्राटर प्रदीप गैरै बताउाछन् । विगत ५ वर्षयता आफुहरुले तानसेनमा करिब ४ हजारलाई प्रत्यक्ष ट्रेनिङ्ग दिएर आम्दानीको बाटो देखाइदिएको गैरे बताउाछन् । यसैका उदाहरण हुन्, विदेशमा दु:ख गरि फर्केका बौघागुम्हा ९, पाल्पाका ३२ वर्षीय मोहन घिमिरे । अहिले घिमिरे मोवाइल मर्मत तालिम लिएर आफ्नै ५० हजारको लगानीमा रोशनी मोवाइल सेन्टर खोलेर दैनिक ५ हजारको आम्दानी लिादै आएका छन् ।
भारतमा ६ वर्ष र दुवईमा १ वर्ष समय मेहनत गरि काम गर्दा समेत राम्रो आम्दानी नभएपछि घिमिरेले स्वदेशमै मोवाइल मर्मत सीप सिकी आफै मोवाइल पसल सञ्चालन गर्दै आएका हुन् । रोजगार कोषको सचिवालय हेल्भेटासको सहयोगमा जयन टेनिंग इन्टिच्युट पाल्पाले सञ्चालन गरेको ३ महिने नि:शुल्क मोबाईल मर्मत तालिम लिई गत मंसिर महिनाबाट आफूले मोवाइल पसल सुरु गरेको उनले बताए ।
उनले मोवाइल मर्मतका लागि अर्को प्राविधिक राख्नुनपर्ने र सबै काम आाफै गर्न सक्ने भएकोले पसलबाट आफूले मनग्ये आम्दानी लिदै आएको बताए । उनी भन्छन् “सबै खर्च कटाएर प्रति महिना २५ देखि ३० हजार रुपियाासम्म फाइदा हुदै आएको छ ।”
सुरुमा सानो लगानीबाट पसल सञ्चालन गरेपनि बिस्तारै पसलको आकार र सामान बढाउादै लगेको बताउादै उनी अगाडी भन्छन् “कहिकतैबाट सहयोग स्वरुप ऋण पाएभने यो पसललाई अझ बिस्तार गर्ने योजना बनाएको छु ।” मोवाइल मर्मत तथा मोवाइल तथा अन्य पाटपूर्जाहरुको बिक्री गर्दै आएका ब्यवसायी घिमिरेले नेपालमै आफूसाग भएको सीपको प्रयोग गरि मेहनत गर्न सके पैसा कमाउनकै लागि अर्काको देशमा जानुनपर्ने बताए । आफ्नो सीप र क्षमताको प्रयोग गरि स्वरोजगार बन्न चाहने एसएलसी अनुत्तीर्ण युवाहरुलाई आफ्नो संस्था मार्फत नि:शुल्क रुपमा मोवाइल मर्मत, हाउस वाइरिंग लगायतका ब्यवसायिक तालिम प्रदान गर्दै आएको जयन ट्रेनिंग इन्टिच्युट पाल्पाले जनाएको छ ।
शैक्षिक, आर्थिक र सामाजिक रुपले पछाडि परेका युवाहरुले पाल्पमा यस्ता तालिमबाट राम्रो फाइदा लिादै आएकाछन् । पाल्पामा घरेलु तथा साना उद्योग कार्यालय तथा अन्य गैरसरकारी तथा नीजि संस्थाहरुले ट्र्ेनिङ्ग सञ्चालन गर्दै आएकाछन् ।
