१४ बर्ष मुनिको अन्तर जिबिस कपमा झापा र कंञ्चनपुर बिजयी
बुटवल, चैत २ । बुटवलमा संचालित १४ बर्ष मुनिको अन्तर जिल्ला विकास
सभापति कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न दुईै छुट्टाछुट्टै खेलमा
झापा र कंञ्चनपुर बिजयी भएका छन । पहिलो खेलमा झापाले बारालाई १–० ले तथा
कंञ्चनपुरले दोलखालाई २–० ले पराजित गरेका हुन ।
झापाको जितमा निमा लामाले खेलको ४० औ मिनेटमा गोल गरे भने अर्को खेलमा कंञ्चनपुरलाई जिताउन बिधान देउबा र कैलास धानुकले एक एक गोलको योगदान गरेका थिए । देउबाले खेलको २२ औ तथा धानुकले खेलको ६३ औ मिनेटमा गोल गरेका हुन । बिजेता झापाले अब आफ्नो दोश्रो खेल पाल्पासंग आईतबार खेल्नेछ त्यस्तै अर्को बिजेता कंञ्चनपुरले भोलि शनिबार हुने काभ्रे र सिराहा बिचको बिजेतासंग सोमबार प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि शनिबारको पहिलो खेल काभ्रे र सिराहा तथा दोश्रो खेल संखुबासभा र धादिङका बिच हुने बताईएको छ । रुपन्देहिमा पहिलो पटक संचालन भएको प्रतियोगितामा देशभरका १४ बर्ष मुनिका खेलाडिहरु सम्मिलित कूल १४ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल आगामि चैत ८ गते हुनेछ ।

Posted by Butwalonline
on 6:20 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response