|

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको साधारणसभा सम्पन्न

बुटवल,२ चैत । उद्योगिका समस्यामा राज्य कहिले गम्भिर नभएको एक कार्यक्रममा औंल्याइएको छ ।उद्योगिसंग कर मात्र लिने र उद्योग ब्यबसाय गर्ने बाताबरण सिर्जना नगरेको भन्दै उनिहरुले राज्यको ध्यानाकर्षण गराए । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको ११ औं साधारणसभा तथा छैठौं अबिधेशनमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

संघका अध्यक्ष तिलप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दुग्रा प्रसाद पोख्रेलले राजनैतिक अस्थिरताका कारण समस्या समाधान नभएको बताउनुभयो ।कार्यक्रममा घरेल्ु तथा साना उद्योगका प्रम्ख लक्ष्मण अधिकारी,बुटवल नगरपालिकाका बिजय भूर्तेल,उद्योगीहरु एजाज आलम,तेजकुमार पाठक,सुरेन्द्र श्रेष्ठ,टंक प्रसाद पोखरेल,राजनैतिक दलका प्रतिनीधिहरु कृष्ण पोखरेल,गोपाल राना,नेत्र नारायण शर्मा,पदम श्रेष्ठ,प्रेम नेपाल,महासचिब राम प्रसाद बस्याल लगायतले बोल्नुभएको थियो ।संघले शुक्रबारनै नया नेतृत्व चयन गरेको छ ।

Posted by Anonymous on 6:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल औद्योगिक क्षेत्र उद्योग संघको साधारणसभा सम्पन्न "

Leave a reply