नेकपा माओवादी देवदह गाउ कमिटीको वैठक सम्पन्न
रुपन्देही,२ चैत – नेकपा माओवादी देवदह गाउ कमिटीको वैठक रुपन्देहीको देवदहमा सम्पन्न भएको छ । नेकपा माओवादी देवदहमा ईन्चार्ज ऋषि लामिछानेको अध्यक्षतामा वसेको वैठकले वडा कमिटिको वैठक तत्काल वसाल्ने निर्णय गरेको सो पार्टीले जनाएको छ । अवध राज्य समिति सदस्य तथा क्षेत्र नं. १ का ईन्चार्ज नमराज पुरीको प्रमुख आतिथ्यतामा भएको वैठकमा पार्टीका जिल्ला सल्लाहकार धनलाल भूषाल, बुद्धिजीवि संगठन रुपन्देहीमा सदस्य कृष्ण हरी सापकोटा, अखिल महिला संघ क्रान्तिका संगिता नेपाली, सल्लाहकार गोपी थापा, झलक पौडेल लगायतको सहभागिता रहेको थियो । सचिव चिरन पुनको संचालनमा वैठक सम्पन्न भएको थियो ।
