|

स्व. गिरिजाप्रसाद कोईरालाको तेस्रो पुण्य स्मृती दिवस मनाउने

बुटवल, २ चैत । नेपाली कांग्रेस रुपन्देहीले पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको तेस्रो पुण्य स्मृती दिवस रुपन्देहीको सुरजपुरामा मनाउने भएको छ । पार्टी जिल्ला कार्यसमितीको सुक्रबार भएको बैठकले तत्कालिन घटना सहित पार्टीमा स्वर्गिय कोईरालाको योगदानको स्मरण गर्दै यहि चैतको ७ गते सोही स्थानमा स्मृती दिवस मनाउने निर्णय गरेको जिल्ला सचिव रामकृष्ण खााणले जानकारी दिए । पार्टीका तत्कालिन महामन्त्रि स्वर्गिय कोईरालालाई २०४० सालमा पार्टी कामको सिलसिलामा रुपन्देही आएका वेला तत्कालिन जिल्ला सभापति पुस्पानन्द गिरीको घरमा रहेको अवस्थामा आक्रमण भएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शुजाता कोईराला, अर्का केन्द्रीय सदस्य वालकृष्ण खााण लगायतका नेताहरु आउने कार्यक्रम तय भएको छ ।

त्यस्तै गरी खिलराजरेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएलगत्तै पार्टीले सोही बैठकबाट फोटो सहितको मतदाता नामावली संकलनका क्रममा सहयोग गर्न र आफ्नो नाम नछुटाउनका लागि आव्हान गरिएको छ । निर्वाचन आयोगले यहि चैतको १० गतेदेखि फोटो सहितको नामावली संकलन गर्न लागेको छ । जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको बैठकले बिभिन्न ३० वटा बिभाग गठन गरि विभागमा नेतृत्व समेत प्रदान गरिएको छ । ज्येष्ठ नागरिक तथा राजनीतिज्ञ समितीको संयोजकमा सभापति रज्जाक, संगठन विभागमा हरिध्वज मल्ल, स्थानीय बिकास तथा पूर्वाधारमा बिष्णुप्रसाद बस्याल, कार्यक्रम प्रशिक्षण तथा समन्वयमा प्रेमनारायण खरेल, अनुसाशनमा फणिन्द्र शर्मा, बुद्धिजिवी तथा पेशागत बिभागमा शिवराम न्यौपाने, जनसंख्या तथा स्वास्थ्यमा जनक कोईराला, अभिलेख संकलनमा क्षेत्र नं. ४ का रामबहादुर कार्की, बिद्यार्थी फााटमा लक्ष्मण आचार्य क्षेत्री, महिलामा भगवती बस्याल, तरुणमा प्रकाशचन्द्र ढकाल, श्रमिकमा शुनिलप्रसाद मरासीनि, शिक्षा बिभागमा रबिन्द्रसिंह राना, यातायात व्यबस्था समन्वयमा ढुण्डिराम पन्त, गैरसहकारी समन्वय विभागमा गिरीराज पाठक, युवा तथा खेलकुादमा दिलबहादुर रानालाई जिम्वेवारी दिईएको छ । त्यस्तैगरी कृषि तथा सहकारीमा बिनोदकुमार श्रीवास्तव, उद्योग तथा व्यापार व्यबसाय समन्वयमा वैजनाथ पाठक, अनुगमन तथा मुल्याङ्कनमा मीना भण्डारी, आदीवासी जनजातीमा लालबहादुर श्रेष्ठ, दलित समन्वय विभागमा सम्राटचन्द चुनारा, पिछडा वर्ग, अल्पसंख्यक तथा मुस्लिममा निजामुद्धिन पठान, कानुनी परामर्श बिभागमा विश्वेस्वरप्रसाद बस्याल, भूपूसैनिकमा क्षेत्र नं. २ का रामबहादुर कार्की, सांस्कृतिक तथा कला विभागमा गंगाबहादुर केसी, मधेशी विभागमा वेचनप्रसाद यादव, वैदेशिक रोजगार समन्वयमा खडानन्द खनाल, द्वन्द्व व्यबस्थापनमा हरि काफ्ले, सुचना तथा प्रचारप्रसारमा शक्तिप्रसन्न गिरी र आन्तरिक लेखा परिक्षणमा दिवाकर दुवेलाई जिम्मेवारी दिईएको सचिव खााणले जानकारी दिए ।

Posted by Butwalonline on 6:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्व. गिरिजाप्रसाद कोईरालाको तेस्रो पुण्य स्मृती दिवस मनाउने"

Leave a reply