स्थानीय बिकास मन्त्रालयको अनुगमन टोली कपिलवस्तुमा
किरणमान बज्राचार्य,कपिलवस्तु,चैत ७ - स्थानीय विकास मन्न्त्रालयबाट स्थानीय निकायमा निरीक्षणकालागि अनुगमन टोली कपिलवस्तु आएको छ । मन्त्रालयका सह सचिव शिव लामिछानेको नेतृत्वमा पाँच सदस्यीय टोली जिल्ला आएको हो ।
टोलीमा उप सचिव रमेश केसी, शाखा अधिकृत टेकराज पन्थी, लेखा अधिकृत अर्जुन आचार्य, ईन्जीनियर हरि बहादुर सुनुवार रहेका छन् । सोमावार आएको टोलीले मंगलवार देखि निररीक्षण र अनुगमन कार्य शुरु गरेको जनाएको छ । टोलीले जिबिस गाबिसका विकास निर्माण, योजना, कर्मचारी प्रशासन, सामाजिक सुरक्षाको बितरण, बेरुजु, लेखा प्रणालीको नियमन लागतयको कार्य हेर्ने अनुगमन टोलीका सदस्य लेखा अधिकृत आचार्यले बताउनु भयो । महोत्तरीमा मन्त्रालयको टोलीले गरेको छानबिन पछि त्यहा ब्यपाकरुपमा अनियमितता र भ्रष्टाचार भएको पाए पछि देशका सबै जिल्लामा मन्त्रालयले यस्तो टोली पठाएको हो । टोलीले जिबिस र गाबिसका समग्र कुराहरुको निरीक्षण गर्ने बताईएको छ । निरीक्षण टोली आए लगत्तै जिबिसका कर्मचारीहरु कागज मिलाउन ब्यस्त ब्यस्त भएका छन् ।
छानबिनका लागि शाखा अधिकृत पन्थीले प्रशासन र योजना, लेखा अधिकृत आचार्यले लेखा प्रणाली तथा ईन्जीनीयर सुनुवारले ठेक्कापट्टा, निर्माण सामाग्रीको गुणस्तर लगायतका कुरा हेर्नेछ । सह सचिव लामिछाने र उप सचिव कोसीले समग्र अनुगन गर्ने बताईएको छ । सामाजिक सुरक्षा भत्ता बितरणको प्रकृया र प्रणाली बारे टोलीले सुक्षम तरिकाले हेर्ने आचायले बताउनु भयो । जिबिस र गाबिसका बिभिन्न ब्यक्तिमा नाममा रहेको पेश्की, बेरुजु लगायतका बिषयमा समेत टोलीले निरीक्षण गर्नेछ । जिबिस स्रोत अनुसार जिबिस कै कतिपय कर्मचारीको नाममा लाखैरुपैया पेश्की रहेको छ भने राजनीतक दलका प्रतिनिधिको नाममा समेत पेश्की रहेको छ । छानबिन टोली आए पछि केही कर्मचारीले आफनो नाममा रहेका पेश्कीलाई फर्छौट गर्न कागज मिलाएका छन् ।
गाबिसहरुमा समेत गाबिस सचिव र बिभिन्न राजनीतक दलका प्रतिनिधि, उपभोक्ता समितिको नाममा गएको पेश्कीको बर्षौ देखि फर्छौट नगरिएको स्रातेको भनाई छ । टोलीले गाबिसका छनौट गरी नमुनाकारुपमा केही गाबिसको आर्थिक, प्रशासनीक, विकास निर्माण, योजना लगायतका कुराहरु निरक्षण गर्ने बताएको छ । त्यस्कै आधारमा अन्य गाबिसको समेत स्थितिको आकलन ह ुने बताईएकोे छ । उता इन्जीनीयर सुनुवारले बेल नदी र गुडुरुङ खोला बनीरहेको पुल तथा जहदी बिकुली सडकको मंगलवार निरीक्षण गरेको प्राबिधिक कार्यालयका प्रमुख शिवमान श्रेष्ठले बताउनु भयो ।शुक्रवार सम्म निरीक्षण गर्ने योजना रहेको टोलीले मन्त्रालयमा प्रतिबेदन समेत बुझाउने बताएको छ । टोलीले अध्ययन शुरु गरीसकेको छ, मागेका श्रेस्ता र बिवरण उपलबध गराएका छौ स्थानीय विकास अधिकरी राप्रसाद पाण्डेयले भन्नु भयो । टोलीले देखाएको कमजोरी सुधार गरिने छ भने अन्य सुझावहरुलाई समेत पालना गरिने उहाँले बताउनु भयो । निरीक्षणले जिबिसमा भएका सकारात्क र नकारात्मक कुराहरु औल्याउनु भएकाले यस्तो अनुगमन भईरहनु पर्ने उहाँको भनाई छ ।