|

गैर कानुनीरुपमा रुख काटेको आरोपमा प्रहरीले पक्राउ गरेको तीन अभियुक्तलाई वनले छाड्यो

कपिलवस्तु, चैत ७ - गैर कानुनीरुपमा रुख काटीरहेको अवस्थामा प्रहरीले पक्राउ गरी बुझाएको तीन अभियुक्तलाई वन कार्यालयले छाडेको खुलेको छ । कपिलवस्तु नगरपालिका– १३ पटखाहवा गाँउ स्थित सार्वजनिक स्थानमा रहेको आँपको रुख काटीरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरी वन कार्यालय बुझाएको थियो ।

जिल्लाको सौराहा गाबिस– ३ बेलभरियाका रामु चौधरी, जमिर अहमद र कल्लु मुसलमानले गत फागुन २४ गते साँझ आँपको रुख कटान गरीरहेको अवस्थामा काटने सामग्री सहीत बुझाईएको केही बेर मै छाडिएको स्थानीयले बताए । प्रहरीले तीन  जना सहीत रुख काटन प्रयोग हुने आरी दुई थान, रेती, एक थान, बन्चरो एक थान समेत आवश्यक कारबाहीका लागि २७४६ नम्बरको चलानी नम्बरको पत्र मार्फत वन कार्यालयमा पठाएको थियो । तर त्यही रात नै आर्थिक चलखेल गरी उनीहरुलाई वनका केही कर्मचारीहरुले रिहा गरेको स्रातेको भनाई छ । स्रोत अनुसार सो कार्यका लागि वनका केही कर्मचारीले रकम असुलेर रातारात छाडेको बताईको छ । प्रहरी उपरिक्षक राजेन्द्र ढकालले कारबाही नै नगरी वन काार्यलयले अभियुक्तलाई त्यसै छाडिएको प्रति दुख ब्यक्त गर्नु भयो । हामीले पक्रने वनले त्यसै छाडने यो दुखद कुरा हो उहाँले भन्नु भयो ।

त्यस बेला बिदामा रहेका वन कार्यालयमा प्रमुख कृष्ण पोख्रेलले कर्मचारीबाट केही बदमाशी भएको स्विाकार गर्नु भयो । पक्राउ गरिएको अभियुक्तलाई कसरी छाडियो भन्ने बारे आफुले अनुसन्धान गरीरहेको उहाँले बताउनु भयो । घटनाको छानबिनका लागि रेन्जर धनिश्वर न्यौपानेलाई अनुसंधान अधिकृत ताकेर अनुसंधान गर्न लगाएको उहाँले बताउनु भयो । छाडिएका तीनै जनालाई हाजिर हुन आदेश दिएका छौ, अटेर गरे प्रहरीलाई पुनः पक्राउ गर्न अनुरोध गरिने उहाँले बताउनु भयो ।

उता सोही घटनाका बारे प्रशासन कार्यालयमा बेनामी उजुरी समेत परेको छ । सो उजुरीमा ५० हजार रुपैया लिएर तिनीहरुलाई छाडिएको आरोप लगाईएको छ । सो घटनामा संलग्न भएका कर्मचारीलाई कडा कारबाही गर्न समेत उजुरी पत्रमा माग गरिएको छ ।

Posted by Butwalonline on 6:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गैर कानुनीरुपमा रुख काटेको आरोपमा प्रहरीले पक्राउ गरेको तीन अभियुक्तलाई वनले छाड्यो"

Leave a reply