लोडसेडिङ घट्यो अब दैनिक १० घण्टा मात्रै
काठमाडौ, फाल्गुन २६ - नेपाल बिद्युत प्राधिकरणले सोमबारदेखि सातामा ७० घण्टामात्रै लोडसेडिङ गर्ने भएको छ । आगामी प्रवेशिका परीक्षालाई ध्यानमा राख्दै लोडसेडिङ समय घटाएको प्राधिकरणले जनाएको छ ।
यसअघि प्राधिकरणले हप्ताको ८२ घण्टा लोडसेडिङ गर्दै आएको थियो । अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ । औद्योगिक क्षेत्रमा भने पहिलेकै अनुसार लोडसेडिङ गर्ने प्राधिकरणले जनाएको छ । तापिय विद्युत संचालन, भारतबाट विद्युत आयात, कालीगण्डकी ए जल विद्युत
केन्द्रको मर्मत कार्य समयमै सम्पन्न, कुलेखानी जलासायको पानी संचिति पानीका कारण लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणको भनाई छ ।